नागरिकतासम्बन्धी नियमावली चाँडै मन्त्रिपरिषद्मा पेस गर्दैछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी नियमावली तत्कालै ल्याउने बताउनुभएको छ ।
मिडिया एड्भोकेसी ग्रुप तथा महिला कानुन र विकास मञ्चले संयुक्त रुपमा आज ललितपुरमा आयोजना गरेको नागरिकता ऐनको कार्यान्वयनसम्बन्धी छलफलमा उहाँले नियमावली आएपछि नागरिकता पाउनुपर्ने व्यक्तिलाई महिनाँैसम्म कुराएर राख्ने अवस्थाको अन्त्य हुने बताउनुभएको हो ।
‘हामी तत्कालै नागरिकतासम्बन्धी नियमावली मन्त्रिपरिषद्मा पेस गर्दैछौँ, यसका लागि कानुन मन्त्रालयको राय लिन बाँकी छ, नियमावली आएपछि नागरिकता पाउनुपर्ने व्यक्तिलाई महिनासम्म कुराएर राख्नु पर्दैन’, मन्त्री श्रेष्ठले भन्नुभयो, ‘अहिले अङ्गीकृत नागरिकता वितरणमा केही सरलीकृत मात्रै गरिएको छ, पहिला निस्सा चाहिनेमा अहिले स्वघोषणा गरे मात्रै पुग्ने व्यवस्था गरिएको हो, नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरेमा तिनका सन्तानले वंशजका आधारमा नागरिक पाउने व्यवस्था संविधानमा छैन, संविधानमा नभएको कुरा नियमावलीबाट अपेक्षा गर्न सकिँदैन ।’
उहाँले नेपाली आमाका सन्तानले सहज रुपमा नागरिकता पाउने व्यवस्था अहिलेको संविधान र ऐनले गरेको बताउनुभयो । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले नागरिकताले राज्यको दायित्व र नागरिकको अधिकार सिर्जना गर्ने जनाउँदै यसमा बायोमेट्रिकको व्यवस्था राख्ने हो भने सबै समस्या समाधान हुने धारणा राख्नुभयो ।
‘नागरिकताले राज्यको दायित्व र नागरिकको अधिकार सिर्जना गर्छ, नागरिकता लिने क्रममा बायोमेट्रिक राख्ने हो भने सबै समस्या समाधान गर्छ, हामी यो प्रक्रियालाई सुधार गरेर लैजाने छौँ’, प्रवक्ता भट्टराईले भन्नुभयो । उहाँले सङ्घसंस्थाहरुले सडक बालबालिकाको जिम्मा लिँदा वैधानिक कागजात बनाएर राख्दा धेरै सहज हुने बताउनुभयो ।
गृह मन्त्रालयका उपसचिव कृष्णबहादुर कटुवालले स्थानीय तहले विदेशी वा नेपाली जो भए पनि जन्म, मृत्युु र बसाइँसराइका आधारमा घटना दर्ता गरिदिनुपर्ने बताउनुभयो । उहाँले नागरिकता लिने क्रममा तीनपुस्ते पहिचान नखुलेकाहरुका लागि मन्त्रालयले बैंक तथा लोकसेवा आयोगलाई परिपत्र गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
सहभागीहरुका जिज्ञासाको जवाफ दिँदै उपसचिव कटुवालले नागरिकता वितरणका सिलसिलामा कागजातपत्र हुँदाहुँदै पनि केही प्रश्न गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले नागरिकता ऐनमा भएको व्यवस्था तथा यसको कार्यान्वयनका विषयमा प्रस्तुतीकरण गर्दै वंशज नेपाली आमाबाट जन्मेका छोराछोरी, कतिपय एकल महिलाहरुलाई नागरिकता पाउन अझै पनि समस्या रहेको, नागरिकता वितरण निर्देशिका र नागरिकतासम्बन्धी नियमावलीमा अझै पनि पितृसत्तात्मक सोच हट्न नसकेको प्रस्ट बताउनुभयो ।
उहाँले नागरिकता वितरणमा कागजात पुग्दा वा नपुग्दा अनिश्चित समयसम्म अड्काएर राख्ने प्रचलन अन्त्य हुनुपर्ने धारणा राख्नुभयो । विसं २०५६ मा सडकमा पुगेका त्यसबेलाका सडक बालक कुमार जोशीले २०५७ सालदेखि सङ्घसंस्थाको सहयोगमा बाँचेको र २०६९ सालमा नागरिकताका लागि पहल गर्दा नपाएर अदालत गएको र नागरिकताका लागि पहल गरेको ११ वर्षपछि सर्वोच्च अदालतबाट २०८० सालमा नागरिकता दिन आदेश भएको बताउनुभयो ।
उहाँले समयमा ऐन र नियम नबन्दा आफू ३५ वर्षको उमेरसम्म नागरिकताबाट वञ्चित भएको र अब सरकारी सेवा प्रवेश गर्ने अवसरबाट वञ्चित भएको गुनासो गृहमन्त्रीसामु गर्नुभयो ।
कार्यक्रममा सहभागीले नागरिकता पाए पनि तीनपुस्ते नहुँदा बैंक खाता खोल्न, लोकसेवामा फारम भर्न समस्या भएको, लैङ्गिक तथा अल्पसङ्ख्यकहरुका लागि पनि सहज र सम्मानजनक व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो ।
वर्तमान संविधान आएको सात वर्षपछि नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न सङ्घीय संसद्बाट बनेको २०८० जेठ १७ गते राष्ट्रपतिद्वारा प्रमाणीकरण भएपछि नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगाना पत्ता नगालेकाहरुले पनि नागरिकता पाउने व्यवस्था कायम भएको छ । उनीहरूले १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपाली नागरिकता पाउने कानुनी व्यवस्था छ ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












