नवौँ राष्ट्रिय खेलकुदको १० महिनापछि खर्च विवरण सार्वजनिक
काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना सकिएको करिव १० महिनापछि नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक गरेको छ ।
राखेपले त्रिपुरेश्वरस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो खर्च विवरण सार्वजनिक गरेको हो । नवौं राष्ट्रिय खेलकुद गत वर्षको असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सम्पन्न भएको थियो । यद्यपि, राखेपले निर्वाचन र सरकारद्वारा विनियोजित रकममा रोक्का हुनु लगायत विषयका कारण समयमा भुक्तानी गर्न नसक्दा खर्च विवरण सार्वजनिक गर्न ढिलाइ भएको जनाएको छ । राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि कुल ५३ करोड ६९ लाख चार हजार दुई २९ रुपैयाँ खर्च भएको सार्वजनिक गरेको छ ।
सरकारद्वारा ६० करोड १० लाख र विनियोजित बजेट र आफैँले आन्तरिक आम्दानी ५१ लाख ५२ हजार सात सयबाट उक्त खर्च गरेको राखेपको खर्च विवरण उल्लेख छ । यसबाट वचत भएको ६ करोड ८२ लाख ४८ हजार चार सय ६० रुपैयाँ सरकारकै खातामा फिर्ता पठाएको राखेपले जानकारी दिएको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङले राखेपको कारणले भन्दा पनि बाह्र कारणबाट खर्च विवरण सार्वजनिक गर्न ढिलाइ भएको उल्लेख गर्नुभयो । सो अवसरमा उहाँले पहिलोपटक राष्ट्रिय खेलकुदको इतिहासमा आयोजनाका लागि आन्तरिक आम्दानीको काम भएको र त्यसमा केही मात्रामा सफलता पाएको पनि उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेशमा सम्पन्न राष्ट्रिय खेलकुदमा ११ टोलीले प्रतिष्पर्धा गरेका थिए । त्यसमध्ये ३४१४ पुरुष र २७१३ महिला गरी कुल ६ हजार एक सय २७ खेलाडीले तीन ९७ स्वर्ण पदकका लागि प्रतिष्पर्धा गरेका थिए । ती खेलमा पदक विजेता खेलाडीलाई नगद पुरस्कारका दिन बैंक मर्जरका कारण समस्या भएपनि भुक्तानी भैसकेको सदस्यसचिव घिसिङले जानकारी दिनुभयो ।
राखेपले आगामी दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा नै आयोजना गर्ने उल्लेख गर्दै आयोजना मितिको एक वर्ष अगाडि नै त्यसको मोडालिटी पनि तयारी पार्ने विश्वास व्यक्त गरेको छ । आगामी दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आगामी २०८१ साल मंसिरमा आयोजना गर्ने राखेपको लक्ष्य छ ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











