जनताका माग सम्बोधन गर्ने मुख्यमन्त्री थापाको प्रतिबद्धता
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको जनआकाङ्क्षालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ‘प्रदेश सरकारको प्रतिबद्धता’ पत्र सार्वजनिक गर्दै उहाँले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाएर यसको सुदृढ जगमा प्रदेश संरचनाको आवश्यकता र महत्व आम जनतामाझ अनुभूति गराउने प्रतिबद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।
अहिले प्रदेशमा उठेका र उठाइका तमाम प्रश्नको व्यवहारबाटै जवाफ दिनुपर्ने आवश्यकता महसुस गरेको जनाउँदै कोशी प्रदेशको नामकरणको विरुद्ध भइरहेको आन्दोलनका माग र मुद्दालाई सहमतिका आधारमा सम्बोधन हुनुपर्ने दायित्व रहेको जनाइएको छ ।
‘कोशी’ नामकरणको विरुद्ध भएको जनप्रदर्शन एवं आन्दोलनका क्रममा पदम लिम्बू लाजेहाङको दुःखद् निधन पछि सहिद लिम्बूको कोशी प्रदेश सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्दै आन्दोलनको दौरानमा घाइते हुनुभएका सबैको शीघ्र र पूर्णस्वास्थ्यलाभको कामना पनि प्रतिबद्धता पत्रमा गरिएको छ ।
‘प्रदेशको नामकरण प्रदेशवासीकै लागि हो, प्रदेशको नाममा प्रदेशवासीको अपनत्व/स्वामित्व रहनुपर्छ भत्रे कुरामा कुनै दुई मत हुन सक्दैन, नामकरणप्रति उत्पन्न प्रतिक्रिया, असन्तुष्टि र विरोधलाई वार्ता र संवादको माध्यमबाट सम्बोधन गर्नु प्रदेश सरकार र प्रदेशसभाको कर्तव्य हो, प्रदेश सरकार यस विषयमा दृढ र प्रष्ट रहेको छ, प्रदेशसभामा रहेका प्रमुख प्रतिपक्षी दललगायत सबै राजनीतिक दलहरुबीच आपसी सहमति कायम गर्दै प्रदेशको नाममा उठेका सबै प्रश्नलगायतका समस्या समाधान गर्ने सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु’, मुख्यमन्त्री थापाले उल्लेख गर्नुभएको छ ।
सबै आन्दोलनकारी पक्षले उठाएका जायज माग र मुद्दालाई सम्बोधन गर्न प्रदेश सरकार तत्पर रहेको जनाउँदै मुख्यमन्त्री थापाले यस कार्यमा आवश्यक सहयोगका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल, सङ्घर्षरत पक्ष र आम प्रदेशवासीमा अनुरोध गर्नुभएको छ ।
उहाँले प्रदेशमा देखिएको डेङ्गु र लम्पी स्कीन रोगको नियन्त्रण एवं उपचारमा प्रदेश सरकार लागिपरेको जनाउँदै सरकार जनताका समस्याबाट अलग हुन नसक्ने प्रतिबद्धता जनाउनुभएको छ ।
मुख्यमन्त्री थापाले विपद्सँग जोडिएका सबै समस्यालाई सम्बोधन गर्न प्रदेश सरकार गम्भीर रहेको जनाउँदै सरकार हप्ता १० दिनमा विश्वासको मत लिने तयारीमा जुटेको जनाउनुभयो । उहाँले पाँचथरमा दुई र सङ्खुवासभामा दुई गरी चार बेलिब्रिज निर्माण गर्ने प्रक्रिया अघि बढेको जनाउँदै सुनसरीको धरानमा देखिएको डेङ्गुको महामारीलाई नियन्त्रण, रोकथाम तथा उपचारका लागि अर्थ मन्त्रालयसँग रु एक करोड माग गरेको जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












