‘निवेदन लिएर मेरो बयान लिइदिनुस् भनेर सीआईबीमा जान्छु’: महरा
काठमाडाैँ । इलेक्ट्रिक सिगरेट (भेप) मार्फत् नेपालमा नौ किलो सुन भित्र्याएको प्रकरणमा नाम जोडिएका सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समक्ष बयान दिन जाने बताएका छन्।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई यस्तो भनेर महरा लुम्बिनी हुँदै दाङ पुगेका छन्।
आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी मन्त्री र पदाधिकारीहरूको बैठकमा महराको विषय उठेपछि गृहमन्त्री श्रेष्ठले महरा ‘आवश्यक परे सीआईबीमै पुगेर बयान दिन तयार रहेको’ सुनाएका हुन्। बैठकमा महरा उपस्थित थिएनन्।
बैठकमा प्रधानमन्त्री दाहालले सरकार सुन तस्करी लगायतका संगठीत अपराध छानविनमा प्रतिवद्ध रहेको बताउँदै माओवादी नेताहरूको संलग्नता रहेको अवस्थामा उनीहरू आफैँले यसबारे प्रष्ट पार्नु पर्ने बताएका थिए।
‘हाम्रो पार्टीका जो जो नेताको नाम जोडिएको छ, आफैँले आफ्नो संलग्नताबारे प्रष्ट पार्नुहोला’, प्रधानमन्त्री प्रचण्डले बैठकमा भने, ‘सीआईबीमा गएर बयान दिन तयार रहनु होला।’
प्रधानमन्त्रीको भनाइपछि बैठकमा महरामाथि लागेको आरोपबारे छलफल भएको थियो। तर महरा बैठकमा उपस्थित नभएकाले उनको भनाई उधृत गर्दै गृहमन्त्री श्रेष्ठ बोलेको बैठकमा उपस्थित एक नेताले बताए।
‘जुन फोन मेरो भनेर आएको छ त्यो मेरो होइन, म र मेरो छोराको संलग्नता सुन तस्करीमा छैन,’ श्रेष्ठले महराको भनाइ उधृत गरे, ‘मैले प्रहरीलाई पनि फोन गरेर मेरो बयान लिनुस्, म बयान दिन आउँछु भनेको छु। अब म निवेदन नै लिएर मेरो बयान लिइदिनुस् भनेर सीआईबीमा जान्छु।’
बैठकमा महराले प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटेर यही कुरा राखेर दाङ गएको ब्रिफिङ भएको थियो।
प्रधानमन्त्री प्रचण्डले नै पछिल्ला प्रकरणमा पार्टीका नेताहरूको नाम जोडिएको भन्दै अनुसन्धान अघि बढाउन गृहमन्त्रीलाई अन्य नेताहरूकै अगाडि निर्देशन दिएका थिए।
‘कहिले कृष्णबहादुर महराजी जोडिएको भनेर समाचार आउँछ, कहिले को नेता जोडिएको भनेर प्रचार हुन्छ,’ बैठकमा प्रचण्डले भनेका थिए, ‘माओवादीका नामबाट जोडिएका सबैलाई ल्याएर छानबिन गर्नुस्।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतले माओवादीका नेताहरूलाई कारबाही नगरी अन्य दलतर्फ मात्र सरकार केन्द्रीत भएको आरोप लगाउँदै आएका छन्।
Comments
अरु समाचार
-
जम्बो टोलीसहित बेइजिङमा ट्रम्प, पाँच मुख्य मुद्दामा हुँदैछ वार्ता
बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८ वर्षपछि बुधबार चीन भ्रमणमा पुगेका छन्। उनको विमान बेइजिङको क्यापिटल इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको...
-
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
काठमाडौं । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ ।...
-
घरको छतसहित खसेर दुई जनाको ज्यान गयाे
बरहथवा (सर्लाही) । सर्लाहीको मलंगवामा घरको छतसहित खसेर दुईजनाको मृत्यु भएको छ । मलंगवामा नगरपालिका–१० स्थित रञ्जित यादवको चारतले पक्की...
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...












