ब्राजलियन फरवार्ड नेइमार साउदि प्रो लिग क्लब अलहिलाल जाने
२९ साउन, काठमाडौँ ।ब्राजलियन फरवार्ड नेइमार साउदि प्रो लिग क्लब अलहिलाल जाने भएका छन् । फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेनले उनलाई ९० मिलियन युरोमा अलहिलाललाई बेच्ने सम्झौता गरेको हो ।
लोकपृय खेलाडि नेइमारले फुटबल जगतमा आफ्नो छुट्टै इतिहास खडा गरेका छन्, हाल उनि ३१ वर्षका भए अब मेडिकल र अन्य कागजी प्रक्रिया पूरा गर्न बाँकी रहेको बिबिसीले जनाएको छ ।
उनि २०१७ मा विश्वकीर्तिमानी मुल्य २२२ मिलियन युरोमा पिएसजीमा अनुबन्ध भएका थिए । पछिल्लो समयमा मुख्य प्रशिक्षक लुइस एनरिकले उनलाई आफ्नो मुख्य टिममा अटाएका थिएनन् ।
केहि समय अघि अर्का फरवार्ड केलियन एमबाप्पे र क्लब बीच पनि असमझदारी देखिन्थ्यो , पछि एमबाप्पे र पिएसजी बीचको वार्ता सकारात्म भएपछि भने नेइमारको सम्झौताको खबर आएको हो ।
पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो गत जनवरीमा म्यानचेस्टर युनाइटेडबाट अलनासरमा आवद्ध भएपछि साउदीका क्लबले विश्वकै लोकपृय खेलाडिलाई अनुबन्धीत गरिसकेका छन्।
गत महिना साउदी क्लबले विश्व कीर्तिमानी २५९ मिलियन पाउन्डको प्रस्तावपछि पिएसजीले अलहिलाललाई एमबाप्पेसँग कुरा गर्न अनुमति दिएको थियो।
यो सिजनमा मात्रै करिम बेन्जेमा, एनुगोलो कान्टे, जोर्डन हेन्डरसन, रुबेन नेभ्स, साडियो माने र रोबर्टो फिरमिनोजस्ता खलाडी साउदी अरब गइसकेका छन् ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












