युरोपियन क्लबमा साबित्रा भण्डारीले गरिन् डेब्यू खेलमै गोल
१ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड सावित्रा भन्डारी (साम्बा)ले इजरायलको क्लब हापोएल रानानामा डेब्यू गरेकी छिन्। लामो समय देखि नेपाली राष्ट्रिय महिला फुटबल टिममा छुट्टै पहिचान बनाई सकेकि साम्बाले डेब्यू खेलमै गोल समेत गर्न सफल भएकि छन् ।
अनेथा कप अन्तर्गत बिहीबार हादेराविरुद्ध खेलमा साम्बाले क्लबका लागि डेब्यू गरेकी हुन्।
खेलमा अदी गोल्डेन र साम्बाले एक एक गोल गर्दा रानानाले २–० गोल अन्तरले होपोएल ले हादेराविरुद्ध जित निकाल्न सफल भएको हो। यससँगै साम्बा युरोपियन क्लबमा गोल गर्ने पहिलो नेपाली महिला खेलाडी समेत बनेकी छिन्।
इजरायलको महिला लिग भने अगस्ट ३१ बाट सुरू हुँदैछ। आठ टिमबीच प्रतिस्पर्धा हुने लिगमा साम्बाको टिम रानानाले अगस्ट ३१ मा इरोनी रामतसँग खेल्नेछ।
घरेलु लिगमा एपिएफबाट खेल्ने साम्बा यसअघि गोकुलम केरेलाबाट भारतीय महिला लिग खेली सकेकी छन् ।
दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्ये एक मानिने साम्बा उक्त लिगमा २९ गोल गर्दै सर्वाधिक गोलकर्ता मात्र बनिनन्, उनी आवद्ध गोकुलमले लिग नै जितेको थियो।
साम्बा गत जेठ अन्तिम साता युरोपियन महासंघमा आबद्ध भएर फुटबल खेल्ने इजरायलको शीर्ष डिभिजनको क्लब रानानामा आबद्ध भएकी थिइन्।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












