मेसीको सानदार गोलका कारण इन्टर मियामीले पहिलो पटक लिग्स क्लबको उचाल्यो उपाधि
काठमाण्डौं। अर्जेन्टिनी फरवार्ड लिओनल मेसीको सानदार गोलका कारण इन्टर मियामीले पहिलो पटक उपाधि उचालेको छ ।
आज बिहान भएको लिग्स कपको फाइनलमा नासतिल एससीलाई पेनाल्टी सुटआउटमा १०–९ गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्न सफल भएको हो ।
निर्धारति ९० मिनेटको खेलमा दुवै तर्फबाट एकएक गोल बराबरि भएको थियो । खेलको २३ औ मिनेटमा मियामिका तर्फबाट मेसीले उत्कृष्ट गोल गरे पनि खेलको ५७ औं मिनेटमा नासतिल एससीका फाब्रिस पिकल्टले बराबरि गोल गरि खेललाई बराबरिको स्थीतिमा पुर्याएका थिए ।
निर्धारित समय ९० मिनेटमा खेल एकएकको बराबरीमा सकिएपछि खेल सीधै पेनाल्टीसुटआउटमा पुगेको थियो ।
पेनाल्टीसुटआउटमा दुवैतर्फबाट ११–११ पेनाल्टी प्रहार भएकोमा इन्टर मियामीका १० खेलाडीले गोल गरे ।
नासऐलका ९ खेलाडीले गोल गर्दा दुई खेलाडीले गोल गर्न सकेनन् ।
नासभिलका लागि अन्तिम पेनाल्टी प्रहार गरेका गोलकिपर एलिओट प्यानिक्कोले गोल गर्न सकेनन् भने इन्टर मियामीका गोलकिपर ड्राक क्यालेन्डरले विजयी पेनाल्टी प्रहार गरेका थिए । प्यानिक्कोका प्रहार बचाएपछि क्यालेन्डरले गोल गर्दै इन्टरलाई उपाधि दिलाउन भूमिका खेले ।
लगातार सात खेलमा गोल गरेका मेसी १० गोलसहित मेसी सर्वाधिक गोलकर्ता र प्लेअर अफ दि टुर्नामेन्ट बनेका छन्।
फाइनल खेल टेन्नेसेस्थित गोएडिस पार्कमा भएको थियो ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











