बास्तविकतालाई नबुझेर सुन प्रकरणमा नाम जोडेर बद्नाम गर्न खोजियोः महानिर्देशक अधिकारी
काठमाडाैँ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले अनाहकमा सुन प्रकरणमा नाम जोडेर बद्नाम गर्न खोजिएको बताएका छन ।
सुन प्रकरणबारे विषयको बास्तविकतालाई नबुझेर प्रतिशोध साँधेर विभिन्न सञ्चार माध्यमले शंकाको भरमा बद्नाम गर्न खोजेको महानिर्देशक अधिकारीले न्युज नेपाललाई जानकारी दिए ।
उनले भनेः ३/४ बर्ष पहिले भएको सामान्य फोन सम्पर्कलाई लिएर ममाथी षड्यन्त्रपुर्ण ढंगबाट मिडियाबाजी गर्न खोजियो । कोही व्यक्तिसँग सम्पर्क हुँदैमा र केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भनेर प्रचारबाजी गरिनु र समाचार लेखेर भ्रमित पार्नु गलत हो अधिकारीले भने ।
यस्तै दावा छिरिङसँग २०७७ सालमा भएको सामान्य कुराकानी पछि उक्त व्यक्तीसंग मेरो कुनै सम्पर्क भएको छैन, मेरो कल डिटेल हेर्न सकिन्छ । यसरी विषयको वास्तविकता नबुझेर कसैको व्यक्तिगत प्रतिष्ठामा आँच आउने गरी भ्रमपुर्ण ढंगबाट प्रचारबाजी र समाचार सम्प्रेषन गर्नु गलत हो ।
सुन प्रकरणमा ‘अध्यागमन विभागका महानिर्देशक र सुन तस्कर दावाबीच गहिरो कनेक्सन’ भन्ने शिर्षकमा एक सञ्चार माध्यमले समाचार प्रकाशन गरेपछी महानिर्देशक अधिकारीले उक्त समाचारको खण्डन गरेका हुन ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार पार गरेर बाहिर आएको सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० केजी सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय जाँजबुझ आयोग गठनको भएको छ । उक्त आयोगले असोज १ गतेबाट अनुसन्धान सुरु गर्नेछ । अहिले नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले अनुसन्धान गरिरहेको छ ।
Comments
अरु समाचार
-
जम्बो टोलीसहित बेइजिङमा ट्रम्प, पाँच मुख्य मुद्दामा हुँदैछ वार्ता
बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८ वर्षपछि बुधबार चीन भ्रमणमा पुगेका छन्। उनको विमान बेइजिङको क्यापिटल इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको...
-
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
काठमाडौं । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ ।...
-
घरको छतसहित खसेर दुई जनाको ज्यान गयाे
बरहथवा (सर्लाही) । सर्लाहीको मलंगवामा घरको छतसहित खसेर दुईजनाको मृत्यु भएको छ । मलंगवामा नगरपालिका–१० स्थित रञ्जित यादवको चारतले पक्की...
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...












