युवा विदेशिने क्रम अस्वभाविक रुपमा वृद्धीः १९ महिनामै बाहिरिए झण्डै १३ लाख
काठमाडौं । विदेशिने युवाको संङ्ख्या अस्वभाविक रुपमा दिनप्रतिदिन बढ्दै गएको छ ।
स्वदेशमा अवसरको कमी भएको भन्दै विदेश पलायन हुने नेपाली युवाहरुको सङ्ख्या बढ्दो छ । मुलत शिक्षा र रोजगारीका लागि युवा बाहिरिने गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन विदेश जाने हजारौ युवाहरूको लर्को हुन्छ । अध्ययन, रोजगारी होस् वा भिजिट भिसाको नाममा उतै हराउने होस्, जसरी भएपनि विदेश जाने मनोविज्ञान बढिरहेको छ ।
सन् २०२२ जनवरी यता अर्थात् १९ महिनामा कुल विदेश जाने नेपालीहरूको सङ्ख्या २३ लाख ६७ हजार ५७८ रहेको अध्यागमन विभागको तथ्याङ्कमा देखिएको छ । यो क्रम कोभिड महामारीपछि झनै बढ्ने क्रममा रहेको अध्यागमन विभागका प्रवक्ता खिमराज भुषाल बताएका छन् ।
अधिकांश विद्यार्थीहरु प्लस–टु सकेपछि जसरी पनि विदेश जाने भन्ने मनोविज्ञान पालेर हुर्किरहेका छन् । कक्षा १२ को परीक्षा सकिदा नसकिँदै ‘कन्सल्टेन्सी’ धाउने विद्यार्थीको चाङ बढ्दो छ । साथै, स्नातक तहको अध्ययन नेपालमै गरे पनि पुनः विद्यार्थी भिसामा विदेशकै यात्रा तय गर्ने धेरैको लक्ष्य रहेको देखिन्छ ।
अर्कोतर्फ रोजगारीका लागि पनि युवाहरूको लक्ष्य विदेश नै रहेको देखिन्छ भने विभिन्न पेशा, व्यवसाय र जागिरमा लागेकाहरू पनि नेपालमा भविष्य नभएको भन्दै विदेश जाने क्रम बढ्दो छ । अध्यागमन विभागका प्रवक्ता भुषालका अनुसार यहाँबाट सबैभन्दा बढी रोजगारीका लागि विदेश जाने गरेका छन् । जनवरी २०२२ यता मात्रै रोजगारीका लागि विदेश जानेको सङ्ख्या १३ लाख १ सय २४ रहेको छ ।
अध्ययन तथा भ्रमणका लागि जानेको सङ्ख्या पनि उत्तिकै छ । तथ्याङ्कअनुसार अध्ययनका लागि विदेश जानेको सङ्ख्या जनवरी २०२२ यता १ लाख ५८ हजार ८ सय ५५ रहेको छ । यस्तै, भ्रमणका लागि विदेश जानेको सङ्ख्या २ लाख ९३ हजार ९ सय ४८ रहेको छ । यस्तै अन्य प्रायोजनमा जानेको सङ्ख्या पनि पछिल्लो समय बढ्दो क्रममा देखिन्छ ।
विभागका प्रवक्ताका अनुसार वैदेशिक रोजगारीको लागि नेपालीहरू धेरैजसो खाडी मुलुक जाने गरेको छन् भने अध्ययन प्रयोजनमा जानेहरू युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडा जस्ता देशहरुमा जाने गरेका छन् ।अध्यागमन विभागको तथ्याङ्कअनुसार गन्तव्यका आधारमा सबैभन्दा बढी नेपाली यूएई गएका छन् । २०२२ जनवरी यताको तथ्याङ्कअनुसार यूएई मात्र जानेको सङ्ख्या ३ लाख ९४ हजार ३ सय २० रहेको छ ।
दोस्रो गन्तव्यका रूपमा मलेसिया रहेको छ । सोही अवधिमा मलेसिया जानेको सङ्ख्या ३ लाख ९ हजार ६४ रहेको छ । यसैगरी, तेस्रो गन्तव्यमा कतार रहेका छ, जहाँ २ लाख ९२ हजार ६१ जना नेपाली २०२२ यता गएका छन् ।
यसैगरी, साउदी अरेविया, भारत, अष्ट्रेलिया, जापान, अमेरिका, कुवेत, बेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, क्यानडा, हङकङ, रोमानिया, बहराइन, पोर्चुगल, ओमान लगायतका देश पनि नेपालीहरूका लागि प्रमुख गन्तव्य मुलुक रहेका छन् । यसरि दिनप्रतिदिन भइरहेको युवा पलायन रोक्न नसके राज्यले ठुलो लगानी गुमाउनुका साथै हरेक क्षेत्रमा दक्ष जनशक्तिको अभाव झेल्नु पर्ने हुन्छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











