नेपाल र पाकिस्तानबीचको पहिलो खेल भोलिः उच्च मनोबलका साथ खेल्ने कप्तान रोहित पौडेलको दाबी
काठमाडौं । क्रिकेट भन्ने र सुन्ने वित्तिकै हाम्रा दुई छिमेकी देश भारत र पाकिस्तानको दृष्य प्राय सबैको मानसपटलमा आउँछ । विश्व क्रिकेटमा भारत र पाकिस्तानको जुन इतिहास र विरासत छ यो बिरलै कमै मुलुकको नाममा छ । नेपाल भोलीबाट सुरु हुन गइरहेको एसिया कप २०२३ मा तिनै राष्ट्रसँग प्रतिस्पर्धा गर्दै छ ।
नेपालले अन्तराष्ट्रिय क्रिकेट खेल्न थालेको करिब २७ वर्ष पछि यती ठूलो अवसर पाएको हो । एक पटक यहि प्रतियोगितामा छनोट भएर पनि भारत र पाकिस्तान बिचको युद्धको कारणले उक्त प्रतियोगित नहुँदा यत्तिकै चित्त बुझाउनु परेको थियो । यस पटक भने खेल्न पाउँदा खेलाडी र सम्पुर्ण खेल प्रेमी उत्साहित छन् । अधिकांश युवाको बाहुल्यता रहेको नेपाली टिममा भारत र पाकिस्तान सँग सोचे भन्दा राम्रो नतिजा निकाल्ने कुरामा विश्वस्त छन् ।
भोलिबाट सुरु हुने उद्घाटन खेलमा नेपाल र विश्वको नम्बर एक टिम पाकिस्तान भिड्ने छन् । खेल नेपाली समयअनुसार ३ः१५ बजे पाकिस्तानको मुल्तानमा हुनेछ ।भर्खरै अफगानिस्तानविरूद्धको तीन खेलको एकदिवसीय सिरिज ३० ले क्लिनस्विप गरेपछि पाकिस्तान विश्वको नम्बर एक टिम बनेको छ।
पाकिस्तानी टिममा विश्व ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबर अजाम छन्। पाकिस्तानका कप्तानसमेत रहेका बाबरविरुद्ध नेपाली बलरले बलिङ गर्नू चुनौतीपूर्ण हुनेछ। यस्तै वरीयताको तेस्रो नम्बरमा रहेका इमाम उल हक र पाँचौ नम्बरमा रहेका फखर जमान पनि पाकिस्तानका मुख्य ब्याटर हुन्। बलिङमा पाकिस्तानका साहीन शाह अफ्रिदी लयमा छन्। उनको तीव्र गतिको बलिङको सामना गर्न नेपाली ब्याट्सम्यानका लागि कठिन हुनेछ। अफ्रिदी विश्व वरीयतामा नवौं स्थानमा छन्।
१० टिम सहभागी भएको एसिसी प्रिमियर कप जितेको नेपाली टिम एसोसिएट राष्ट्रमा बलियो टिम हो। विश्वकप छनोटमा जिम्बावेविरूद्ध ब्याटिङमा उत्कृष्ट सुरुवात गरेको नेपाल टिम पाकिस्तानसँग निडर भएर प्रस्तुत हुने कप्तान रोहितकुमार पौडेलको विश्वास छ। पौडेलले खेलअघि पाकिस्तानविरूद्धको खेल स्मरणीय बनाउने पनि बताएका थिए।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखसँगै कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लमाथि नेपाली टिमको विश्वास हुनेछ। यस्तै अलराउन्डर गुल्सन झा पनि नेपालको आसा हुन्। आइसिसीले गुल्सनलाई एसिया कपमा नेपाली टिममा प्रभाव पार्न सक्ने खेलाडीको सूचीमा स्थान दिएको छ। बलिङमा लेगस्पिनर सन्दीप लामिछाने नेपालका मुख्य हतियार हुन्। तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसीको अनुभवबाट नेपालले फाइदा उठाउन सक्नु पर्नेछ। यस्तै स्पिनर ललित राजवंशीले पछिल्लो समय नेपाललाई चाहिएको बेला विकेट लिइरहेका छन्। उनले पनि एसिया कपमा आफ्नो क्षमता प्रस्तुत गर्ने अपेक्षा गर्न सकिन्छ।
एसिया कपका लागि नेपालले एक साता पाकिस्तानको कराँचीमा तयारी गरेको थियो। त्यसअघि नेपालले दुई साता श्रीलंकामा बन्द शत्र सञ्चालन गरेको थियो। पाकिस्तान र श्रीलंका दुवै स्थानमा तयारी गर्ने अवसर पाएकाले नेपालले एसिया कपमा राम्रो क्रिकेट खेल्ने प्रशिक्षक मोन्टी देसाइले बताउँदै आएका छन्। देसाइले जितहार भन्दा पनि भारत र पाकिस्तानसँग खेल्न पाउनु नेपालका लागि ठूलो अवसर भएको बताउँदै आएका छन्। नेपालले विश्व क्रिकेटका शक्ति राष्ट्रसँग खेल्दा नेपाली क्रिकेट टिमले थप एक्सपोजर पाउने उनको भनाइ छ।
श्रीलंकामा बन्द शत्र सञ्चालन गर्नुअघि नेपालले भारत र पाकिस्तानसँगको ए टिमसँग एसिसी इमर्जिङ टिम्स कपमा प्रतिस्पर्धा गरेको थियो। तर दुवै टिमसँगको समूह चरणको खेलमा नेपालले खराब प्रदर्शन गर्दा नमिठो हार ब्यहोर्न बाध्य भएको थियो। त्यसैले नेपालले एसिया कपमा आफ्नो खेल सुधार गर्न थप परिश्रम गर्नु पर्ने देखिन्छ।
खेल समय र प्रत्यक्ष प्रसारण
एसिया कपका सबै नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। नेपालमा स्टार स्पोर्ट्स नेटवर्कबाट प्रत्यक्ष खेल हेर्न सकिनेछ।
नेपाली टिममा
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल रहेका छन् ।
नेपाली समय अनुसार खेल
नेपाल भर्सेस पाकिस्तान भदौ १३ पाकिस्तान, मुल्तान
बंगलादेश भर्सेस श्रीलंका भदौ १४ श्रीलंका, क्यान्डी
पाकिस्तान भर्सेस भारत भदौ १६ श्रीलंका, क्यान्डी
बंगलादेश भर्सेस अफगानिस्तान ( भदौ १७ पाकिस्तान, लाहोर
नेपाल भर्सेस भारत भदौ १८ श्रीलंका, क्यान्डी
अफगानिस्तान भर्सेस श्रीलंका भदौ १९ पाकिस्तान, लाहोर
सुपर फोर भदौ २० देखि भदौ २९ सम्म
फाइनल भदौ ३१ हुनेछ ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












