मेस्सीलाई पछि पार्दै हालान्डले जिते यूईएफए पुरुष वर्ष खेलाडीको उपाधि
काठमाडौं । अर्जेन्टिनाका लियोनल मेस्सीलाई पछि पार्दै म्यानचेस्टर सिटीका एर्लिङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी सन् २०२३ को उपाधि जितेका छन् ।
मोनाकोमा भएको एक समारोहकाबीच उनलाई यो उपाधि प्रदान गरिएको छ । यूईएफए पुरुष वर्ष खेलाडीको अन्तिम मनोनयनमा मेस्सी, हालान्ड र केभिन डी ब्रुइन रहेका थिए । गएको सिजन सिटी पुगेका हालान्डले पहिलो सिजनमै प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगसहित तीन उपाधि जिताएका थिए । उनले गएको सिजनमा क्लब र देशका लागि ६२ खेलमा ६० गोल गरेका थिए ।
यस्तै, महिलातर्फ बार्सिलोना र स्पेनकी आइटाना बोनमाटीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छिन् । स्पेनले महिला विश्व कपको उपाधि जितेको थियो । म्यानचेस्टर सिटीका स्पेनिस प्रशिक्षक पेप गार्डीओलाले उत्कृष्ट पुरुष वर्ष प्रशिक्षकको अवार्ड जिते । उत्कृष्ट महिला प्रशिक्षक इङ्ग्ल्यान्डकी सरिना विगमन बनिन्। उनकै प्रशिक्षणमा इङ्ग्ल्यान्ड महिला विश्व कपको फाइनल पुगेको थियो ।
Comments
अरु समाचार
-
खाँदबारीमा तीनपोखरी कप फुटबल प्रतियोगिता हुने
काठमाडौं । जिल्ला सदरमुकाम खाँदबारीमा आगामी माघ २६ गतेदेखि दोस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक...
-
राखेप बोर्ड सदस्यहरुद्वारा सपथ ग्रहण
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नवनियुक्त हुनुभएका आठ बोर्ड सदस्यहरुले सपथ ग्रहण गर्नुभएको छ । उहाँहरुलाई सिंहदरबारस्थित खेलकुद...
-
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
काठमाडौं । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने...
-
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
काठमाडौं । ‘जय ट्रफी मेन्स एलिट कप–२०८१’ का लागि बागमती प्रदेशको टोली घोषणा गरिएको छ । बागमती प्रदेश क्रिकेट सङ्घले...
-
टी-२० वरीयता अपडेट: अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सन् २०२४ को अन्तिम खेलाडी वरीयता सार्वजनिक गर्दा नेपाली खेलाडीको अवस्थामा खस्किएको छ । आईसीसीले...
-
मदन भण्डारी इन्डो नेपाल भलिबल प्रतियोगिता आजदेखि
काठमाडौं । मदन भण्डारी इन्डो नेपाल रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद...
-
म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार
काठमाडौं । सोमबार राति ओल्ड ट्रायफोर्डको घरेलु भूमिमा भएको इङ्लिस प्रिमियर सिपको खेलमा न्यु क्याशल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २–० ले...
-
भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको जित
काठमाडौं । भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको प्रभावशाली जित निकालेको छ। मेलबर्नमा पाँचौ तथा अन्तिम दिन सोमबार १८४ रनको जित निकाल्दै...
-
प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने,खेलतालिका सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका...