राजेन्द्र लिङ्देनले भने–”धर्मनिरपेक्षताको नाममा हिन्दु समुदायलाई अपमानित गर्ने काम भयो”
काठमाडौं । राष्ट्रिय प्रजानन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धर्मनिरपेक्षताको नाममा हिन्दु समुदायलाई अपमानित गर्ने काम भएको बताएका छन् ।
बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै राजेन्द्र लिङ्देनले नेपालमा ८१ प्रतिशत हिन्दु, ९ प्रतिशत बोद्ध र ३ प्रतिशत किरात धर्मावलम्वी रहेकाले नेपाल हिन्दु राष्ट्र बनाउँदा कसैमा अन्याय नहुने बताए ।
अध्यक्ष लिङ्देन शनिबार बुटवलमा आयोजित शान्ति र्यालीलाई सम्बोधन गर्न बुटवल पुगेका थिए ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशमा हिन्दु राष्ट्र हुंदा नेपाल र नेपालीको छुट्टैै परिचय भएको र कुनै धार्मिक विभाजन नदेखिएको दाबी गरे । नेपालमा राजनीतिक परिवर्तनको बेला धर्म निरपेक्षताको कुरा नउठेको पनि मिश्रले बताए ।
बुटवलको राजमार्ग चौराहबाट निस्केको र्यालीमा सहभागीहरु मिलनचोक, बसपार्क, अस्पताल लाइन हुँदै ट्राफिक चोकसम्म पुगेपछि त्यहाँ कोणासभामा परिणत भएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थापनाकाल देखी नै हिन्दु राष्ट्रको माग राख्दै आएको छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...












