सरकारले जग्गा देओस् क्रिकेट स्टेडियम बनाउन हामी पहल गर्छौंः मेयर बालेन शाह
काठमाडाैँ । सरकारले काठमाडौं महानगर वा आसपासमा सय रोपनी जग्गा उपलब्ध गराए महानगरपालिकाका तर्फबाट क्रिकेट रंगशाला बनाउन पहल गरिने मेयर बालेन्द्र शाहले बताएका छन्।
एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका शाहले त्यहाँको क्रिकेट स्टेडियम हेरेपछि सामाजिक सञ्जालमार्फत सरकारले जग्गाको व्यवस्था गरे महानगरका तर्फबाट क्रिकेट रंगशाला बनाउन पहल गर्ने घोषणा गरेका हुन्।
‘गजबको कुरा के थियो भने त्यहाँ (श्रीलंका) खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियमजस्तै थियो, केही प्याराफिट र अलि बढी सुविधा। नेपालमा त्यही स्तरको रंगशाला जग्गाबाहेक ८०/९० करोडमा नै बन्छ सायद’, त्यहाँको भिडिओ राख्दै बालेन्द्रले लेखेका छन्, ‘यसैले नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ।’
Comments
अरु समाचार
-
भकुण्डेबेंसीमा सुमो तोडफोड गर्ने ९ जना पक्राउ
काठमाडौं । खोटाङको दिक्तेलबाट काठमाडौं आउँदै गरेको टाटा सुमोमाथि तोडफोड भएको छ । बुधबार साँझ बीपी राजमार्ग अन्तर्गत काभ्रेको भकुण्डेबेंसीस्थित...
-
सहकारी ठगी मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउन सक्ने
काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस सकिएको छ । अदालत...
-
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने परराष्ट्र सचिवको प्रतिबद्धता
काठमाडौं । कायममुकायम परराष्ट्र सचिव अमृतबहादुर राईले २६ औँ परराष्ट्र सचिवका रूपमा बुधबार अपराह्नदेखि परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाहेका छन् ।...
-
चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान व्यवस्थापन सुरु
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापन सुरु भएको छ । चलु आर्थिक वर्षमा दुई सय ५० हेक्टर क्षेत्रफलमा घाँसेमैदान...
-
लेखा समिति सभापतिका पूर्वस्वकीय सचिव पक्राउ
काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल पक्राउ परेका छन् । उनी विरुद्ध केहि...
-
मध्यपहाडी लोकमार्गः कास्की–बागलुङखण्डको १९३ किलोमिटर सडक कालोपत्रे
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङखण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्रे भएको छ । कूल दुई सय ५०...
-
आन्ध्र प्रदेशस्थित एक मन्दिरमा भागदौड हुँदा छ जनाको मृत्यु
काठमाडौं । भारतमा हिन्दू धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
-
लस एन्जलसमा लागेको आगो अझै आएन नियन्त्रणमा,बिहीबारसम्म पाँच जनाको मृत्यु
काठमाडौं । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीका कारण बिहीबार बिहानसम्म पाँच जनाको मृत्यु भएको छ । लस एन्जलस सेरिफको...