ड्राइभिङ स्कुल सङ्घले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् ।
ड्राइभिङ स्कुल सङ्घ, नेपालका पदाधिकारीहरूले पेस गरेको ज्ञापनपत्र आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमबीच बुझ्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। उनले मन्त्रालय र विभागमार्फत यस क्षेत्रमा विद्यमान समस्याका बारेमा छलफल अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।
ड्राइभिङ स्कुल सङ्घले प्रधानमन्त्री समक्ष पेस गरेको ज्ञापनपत्रको पूर्ण पाठ यस प्रकार रहेको छ:
सम्माननीय प्रधानमन्त्री ज्यू
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार
काठमाडौँ, नेपाल
विषयः ज्ञापन पत्र सम्बन्धमा ।
महोदय
प्रस्तुत विषयमा देशमा विद्यमान रहेको बेरोजगार समस्याहरूको हल होस् तथा सवारी दुर्घटना न्यूनीकरण भई धनजनको क्षतिहुनबाट बचाउने उद्देश्यका साथ हामी ड्राइभिङ स्कुल संचालकहरुले ड्राइभिङ सीप सिकाउने समान उद्देश्यका व्यवसायीहरू मिलेर विधिवत् रूपमा ड्राइभिङ स्कुल संघ नेपाल दर्ता गरी यस सङ्घको छातामा रहेर नेपाल सरकारका विभिन्न निकायमा दर्ता तथा अनुमति लिई ड्राइभिङ स्कुल सञ्चालन गर्दै आएको कुरा अवगत गराउँदछौँ । बेरोजगार युवा युवतीहरूलाई सवारी चालक प्रशिक्षण गराई स्वदेश तथा विदेशमा समेत रोजगार सृजनागराउदै देशको आर्थिक अवस्थालाई मजबुत बनाउन आवश्यक वातावरण बनाई थप सशक्त रूपमा अगाडि बढाउने लक्ष्य सहित हाम्रो ड्राइभिङ स्कुल सङ्घले तपसिल बमोजिमका समस्याहरूलाई समाधानको वातावरण बनाई विद्यमान अवस्थामा रहेका ऐन नियम संशोधन गर्नुपर्ने भए ऐन नियम संशोधन गरी कार्यान्वयन गरिदिनुहुन सम्माननीय प्रधानमन्त्री समक्ष जोडदार माग गर्दछौँ ।
तपसिल
१) सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन दर्ता गर्दा ड्राइभिङ प्रशिक्षण केन्द्रबाट तालिम लिएको प्रमाण पत्र पेस गर्नुपर्ने प्रावधान सरकारले खारेज गर्दा दक्ष सवारी चालकको उत्पादनमा कमी आई अत्यधिक दुर्घटना भएर धनजनको ठुलो क्षति भइरहेकोले सवारी चालक अनुमति पत्र लिनको लागी ड्राइभिङ तालिम तथा सिकेको प्रमाण पत्र अनिवार्य गराइयोस् ।
२) सवारी चालक प्रशिक्षण केन्द्रको लागि प्रशिक्षण कार्यमा प्रयोग हुने सवारी साधनहरूमा पनि निजी तथा सामुदायिक विद्यालय सरह भन्सार शुल्कमा छुट तथा सवारी साधनहरूको रङ्ग एउटै हुने व्यवस्था मिलाइयोस् ।
३) सबै प्रशिक्षण केन्द्रहरूले प्रशिक्षण प्रयोजनको लागि छुट्टा छुट्टै प्रशिक्षण स्थल बनाई प्रयोग गर्दा अत्यधिक मात्रामा खेती योग्य जमिन मासिने भएकोले प्रशिक्षण स्थल साझा रूपमा प्रयोग गर्न पाउने व्यवस्था गराइयोस् ।
४) विदेशको तुलनामा नेपालमा सावरी साधन बाट अत्यधिक दुर्घटना हुने हुँदा यहाँका ड्राइभिङ प्रशिक्षण केन्द्रहरूलाई समय समयमा यस सम्बन्धी तालिम, अध्ययन, लागी स्वदेश तथा विदेश अवलोकन गर्ने प्रावधान मिलाईयोस।
५) सवारी चालक अनुमति पत्र सम्बन्धी परीक्षा तथा अन्य नीति नियम र नियमावली सम्बन्धी कार्यमा ड्राइभिङ स्कुल सङ्घको तर्फबाट पनि विज्ञको प्रतिनिधित्व हुने व्यवस्था मिलाइयोस् ।
६) ड्राइभिङ प्रशिक्षण केन्द्र दर्ता नवीकरण प्रत्येक ५-५ वर्षमा नवीकरण गर्ने व्यवस्था मिलाइयोस् ।
७) सवारी चालक अनुमति पत्र नवीकरणको म्याद ५ वर्षको सट्टा त्यसलाई १० वर्षको नवीकरण हुने व्यवस्था मिलाइयोस् । साथै विदेशमा रहेको नेपालीहरूलाई विदेशबाट नै नवीकरण गर्न मिल्ने व्यवस्था गराईयोस ।
८) ड्राइभिङ प्रशिक्षण केन्द्र दर्ता तथा नवीकरण गर्दा नेपाल सरकारबाट अनिवार्य गरिएको मेकानिकल सुपरभाईजर र मेकानिकल इन्जिनियर आवश्यक नभएकोले सो व्यवस्था हटाइयोस् ।
९) दर्ता नवीकरण नभएका व्यक्ति, समूह बाट पनि ड्राइभिङ प्रशिक्षणको कार्य गराई रहेको र यसमा राज्यमौन रहेको हुँदा दर्ता नवीकरण गरी राज्यलाई कर तिर्ने व्यवसायीको व्यवसाय धरापमा परेकोले यस्तो कार्यको अनुगमन गरी त्यस्ता व्यक्ति, समुहहरुलाई तुरुन्त कारबाही गरियोस् ।
१०) सवारी चालक अनुमति पत्र नयाँ तथा नवीकरण, प्रतिलिपि, वर्ग थप गरेको १,२ वर्षसम्म पनि सवारी चालक अनुमति पत्र वितरण नभएकोले यस कार्यलाई सबै प्रदेश कार्यालय मार्फत प्रिन्ट गराई यसलाई एक हप्ताभित्रमा नै दिने व्यवस्था मिलाईयोस ।
११) सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा असफल भएपश्चात् ९० दिनसम्म परीक्षामा सहभागी हुन नपाउने व्यवस्थाको अन्त्य गरियोस् ।
१२) लिखित परीक्षा दिई उत्तीर्ण भइसकेका प्रशिक्षार्थीहरूलाई प्रयोगात्मक परीक्षा असफल भए एक वर्ष भित्रमा राज्यको राजस्व बुझाई जति पटक पनि प्रयोगात्मक परीक्षा दिन पाउने व्यवस्था गरियोस् ।
उपस्थितीहरुः
क्र.स. नाम पद हस्ताक्षर
१ रामचन्द्र श्रेष्ठ केन्द्रीय अध्यक्ष
२ खगेन्द्र बुढाथोकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष
३ बाबुकाजी महर्जन केन्द्रीय कोषाध्यक्ष
४ शिव श्रेष्ठ केन्द्रीय सदस्य
५ बाबुराम प्रधान अध्यक्ष, कोशी प्रदेश
६ शिव कुमार श्रेष्ठ अध्यक्ष, बाग्मती प्रदेश
७ गोपाल प्रसाद घिमिरे महासचिव, कोशी प्रदेश
८ यज्ञराज दाहाल सदस्य, कोशी प्रदेश
९ योगेन्द्र पोख्रेल सदस्य, कोशी प्रदेश
१० डिग बहादुर नेम्वाङ अध्यक्ष, झापा जिल्ला
११ मनिष थापा अध्यक्ष, मोरङ जिल्ला
१२ भुपेन्द्र थापा सचिव, सुनसरी जिल्ला
१३ अनन्त घिमिरे सहसचिव, सुनसरी जिल्ला
१४ विकास राई कोषाध्यक्ष, सुनसरी जिल्ला
१५ धर्मराज शाही सदस्य, सुनसरी जिल्ला
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












