आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटः यूएईसँगको खेल वर्षाले रद्द, समूह उपविजेता बन्दै नेपाल सेमिफाइनलमा
काठमाडाैँ । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल रद्द भएको छ।
क्वालालम्पुरस्थित सेलाङग्र टर्फ क्लबमा वर्षाका कारण खेल सुरु नभई रद्द भएपछि नेपाल र युएईले १/१ अंक बाढेका छन्।
नेपालले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको थियो।
आजको खेल रद्द नभई युएईलाई हराएको अवस्थामा नेपाल समूह विजेता बन्दै सेमिफानल पुग्थ्यो। अंक बाढेपछि नेपाल रनरेटका आधारमा उपविजेता बन्दै सेमिफाइनल पुगेको हो। समूह बी बाट सेमिफाइनल पुग्ने टिमको आज टुंगो लाग्नेछ।
नेपालले शुक्रबार हुने सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ। आजै हुने समूह बी का हङकङ र थाइल्यान्डबीचको खेलबाट नेपालको प्रतिद्वन्दी तय हुनेछ।
सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टिम महिला टी-२० विश्वकपको लागि ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । जारी प्रतियोगितामा नेपाल लगातार अविजित रहँदै आएको छ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












