बनावटी कागजकै भरमा हजारौं टन मलको भन्सार पास
काठमाडौं। मल उत्पादन भएकै मुलुकको सक्कल कागज नभए पनि सेटिङमा ल्याइने रासायनिक मल बनावटी कागजकै भरमा भन्सारमा पास हुने गरेको पाइएको छ । सरकारको सम्बन्धित मन्त्रालय र विभागको दबाब अनि कर्मचारी झुक्कीने दुरुस्त बनावटी कागजका कारण भन्सार कार्यालय पनि नतमस्तक हुने गरेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनले आयात गरेको रासायनिक मल भन्सारमा लामो समय जाममा नपर्ने कारण पनि सबै सेटिङकै कारण फास्ट ट्रयाकमा हुने गरेको भेटिएको छ । मल ल्याउने कम्पनी आइपिएलसहितको सेटिङमा मल ल्याउँदा–ल्याउँदै जाँचपास हुने गरेको प्रत्यक्षदर्शीले समेत बताए ।
अझ यसपटकको मल गुणस्तरमा समेत कैफियत रहेको खुलेको छ । गाडिमा मल लोड गरेको ठाउँबाट तपतपी पानी चुहिएको फेला परेको छ । साल्ट ट्रेडिङ ल्याएको मल प्रायजसो जहाजको लोट–पोट सर्टिफिकेट नखोतली छोड्न बाध्य हुनेसम्म रहस्योद्घाटन भएको छ । पछिल्लो समय यस्तै सूचना आई पर्साका प्रमुख जिल्ला अधिकारीले समेत निगरानी गर्न भन्सारका कर्मचारीलाई भनेकै समयमा पनि साल्ट ट्रेडिङले सेटिङमा ल्याएको २० हजार मेट्रिकटन युरिया मल जाँचपास भइसकेको तथ्य पनि भेटिएको छ ।
भन्सार जाँच पास गराउँन मल आयात गरिएको कन्ट्री अफ ओरिजिन , एलसी नम्बर उल्लेख आयातित मलको उत्पादन मुलुक, एसजिएसको सक्कल रिपोर्ट, सो मुलुकको च्याम्बर अफ कमर्सले प्रमाणित गरेको सक्कल कागज, क्युआर कोड र लोट–पोटको कागज दुरुस्त हुनुपर्ने हुन्छ । तर यी कागज नै सबै सक्कली नहुने गरेको सूचना मिलेको छ। यी सबै कागजपत्र भारतिय पोटास कम्पनी ९ आइपिएल० सँगको सेटिङमा नक्कली पेस गर्दा १ सय ६५ डलरको मल ४ सय पैतिस देखि ६ सय डलर सम्म पनि कायम गरिने तथ्य सतहमा आएको छ ।
अहिले नेपाल सरकारले साढे ७ अर्ब रुपैयाँको मल ल्याउन जिम्मेवारी दिएको साल्ट ट्रेडिङ आयात गरेको १ लाख ३१ हजार मलमा त्यस्तै कागजातका आधारमा मल उत्पति भएको मुलुक धैरैपटक ओमान उल्लेख गरी आयातमा कैफियत गरेको खुलेको छ । वास्तवमा मल भने इरानको रहेको जहाजमा लोड भएको लोडिङ रिपोर्टले देखाएको छ । यस विषयमा कुरा गर्दा साल्ट टे«डिङका कर्मचारी भने त्यस्तो नभएको भन्दै पन्छिने गरेका छन् । तर यसको प्रमाण भने सुरक्षित छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












