आँखा पाक्ने रोग फैलन नदिन के गर्ने
काठमाडौं।आँखा पाक्ने रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्न सक्छ । मानिसले आँखा चिलाएपछि त्यसमा हातले चलाउन सक्छन् ।त्यसक्रममा हातमा चिप्रा पर्छ । त्यही हातले अर्को आँखामा छुदाँ अर्को आँखा पनि संक्रमित हुन सक्छ । बिरामीले प्रयोग गर्ने रुमाल, कपडा ,सिरानीको खोल,तन्ना अर्को व्यक्तिले प्रयोग गर्दा रोग सर्न सक्छ । त्यसैले यस रोगबाट बच्न सतर्कताका केही उपाय अवलम्बन गर्नुपर्छ ।
आँखा पाक्ने रोग सर्न नदिन के गर्ने त?
आँखाचिलायो भन्दैमा रगड्नु हुँदैन्। चिसो पानीमा सफा कपडा भिजाएर वा बरफलाई कपडाले बेरेर सेक्न सकिन्छ । दुईवटै आँखा संक्रमित छ भने फरक–फरक कपडा वा बरफ प्रयोग गर्नु पर्छ र आँखा सफा गर्दा डिस्पोजेबल टिस्यु पेपर प्रयोग गर्न सकिन्छ । सफा रुमालले पनि सफा गर्न सकिन्छ ।
आँखामा रहेको चिप्रा सफा गर्नुअघि र गरिसकेपछि साबुन पानीले हात धुन बिर्सनु हुँदैन ।
आँखा पाकेपछि सकभर बाहिर निस्कनु हुँदैन । बच्चालाई स्कुल पठाउनु भएन । कामकाजी व्यक्ति कार्यालय जानुभएन् । आइसोलेसनमा बस्नु राम्रो हुन्छ । यसो गर्दा अन्य व्यक्तिमा संक्रमण सर्ने जोखिम हुन्छ । आँखामा धुलो–धूँवा पनि पर्न पाउँदैन । हेर्न पनि सजिलो हुन्छ ।
श्रगारको सामाग्री चलाउनुभएन । मेकअपमा केमिकल हुने भएकाले त्यसले अँखामा असर गर्नसक्छ ।
आफूखुसी औषधी प्रयोग गर्नुभएन् । चिकित्सकलाई देखाएर मात्रै औषधि प्रयोग गर्नुपर्छ ।
यस समय बिरामीले खानपानमा पनि ध्यान दिनुपर्छ । भिटामिनयुक्त खानपानमा पनि ध्यान दिनुपर्छ । भिटामिनयुक्त खानेकुरा, जस्तै–हरियो सागसब्जी, दुध, फलफुलको प्रयोग यस समय अलि बढी गर्नु राम्रो हुन्छ । पानी पर्याप्त पिउनुपर्छ ।
कुनै समस्या देखिएमा विशेषज्ञ चिकित्सकसँग परार्मश गनुपर्छ ।
Comments
अरु समाचार
-
आज र भोलि सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा तातो लहरको सम्भावना
काठमाण्डौ । सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा गर्मी बढे पनि पूर्वी क्षेत्रमा आजदेखि गर्मी केही कम हुने मौसम पूर्वानुमान महाशाखाले...
-
आज पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै, देशभर जनचेतनामूलक कार्यक्रम आयोजना
काठमाडौँ । सरकारले वैशाख २ गते अर्थात अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस (वेलनेस दिवस) का रूपमा मनाउने निर्णय गरेसँगै...
-
प्रदेश आयुर्वेद चिकित्सालयबाट २२ हजार ८५६ जनाले लिए सेवा
तनहुँ । प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा आयुर्वेदिक उपचारतर्फ बिरामीको आकर्षण बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको...
-
मोटरसाइकल दुर्घटनामा तीनजनाको ज्यान गयो , एक घाइते
सुदूरपश्चिम– धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको...
-
मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान हो तिल: डा. ओम मूर्ति अनिल
डा. ओम मूर्ति अनलीको सुझाव – जाडोमा हाडजोर्नी र इम्युनिटी बलियो बनाउन यसरी खानुहोस् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति...
-
हिमालयन गार्जियनले सुरु गर्यो विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र आधारित बीमा सेवा
काठमाडौं, पुष ३० (२०८२) । नेपालमा साहसिक पर्यटनको सुरक्षालाई एकीकृत, व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित स्थापना गरिएको Himalayan Guardian Nepal...
-
जाजरकोटमा १८ जना कुष्ठरोगी, उपचार सुरु
सुर्खेत । जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ । जिल्लाभरका सात पालिकामा १८ जना कुष्ठरोगी फेला पारेर उपचार...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ...












