नेपाली महिला क्रिकेट टिम मलेसियाको एरपोर्टमा अलपत्र
काठमाडौं । नेपाली महिला क्रिकेट टिम मलेसियाको एयरपोर्टमा अलपत्र परेको छ ।
विश्वकप क्रिकेट क्वालिफायर एसिया छनोट खेलेर स्वदेश फर्कन लागेको नेपाली महिला टिम हवाई उडानमा प्रविधिक समस्या भन्दै उडान राती ३ बजेलाई सारेका कारण एयरपोर्टमा अलपत्र परेको हो ।
मलेसियाको समय अनुसार बेलुकी ६ बजेको हिमालय एयरलाइन्सको टिकट रहे पनि नेपाली टिम होटलको चेक आउट टाइमै निस्किएर छिट्टै विमानस्थल पुगेका थिए ।
तर उडान समय प्राविधिक कारणले भन्दै हिमालय एयरलाइन्सले राति ३ बजेका लागि सारेको छ । जसका कारण विमानस्थलमा पुगेका महिला क्रिकेटरहरुले १२–१३ घण्टा त्यही बिताउनु पर्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले भने प्राविधिक गडबढीका कारण यो समस्या भएको बताएको छ ।
‘हामीले कुरा गरिरहेका छौं, हाम्रो कमजोरीका कारण यो समस्या आएको होइन । त्यहाँ एयरलाइन्सको प्राविधिक गडबढीले समस्या ल्याएको हो’, क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठकले जानकारी दिए।
Comments
अरु समाचार
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...











