प्रचण्डले बोलाए ओली बोलेनन्
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिमेकीहरूसँग सन्तुलित सम्बन्ध राख्न सुझाव दिइएको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर सिधै उत्तरी छिमेकी मुलुक चीन जाने प्रधानमन्त्री प्रचण्डको तयारी छ।
असोज ५ गतेदेखि चीन भ्रमणमा जाने तयारीमा रहेका दाहालले सोही सन्दर्भमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता तथा पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गरेका थिए।
सोही क्रममा सहभागी दलका नेताहरूले चीन र भारत दुवै देश नेपालका असल छिमेकी भएको बताउँदै सन्तुलित सम्बन्ध राख्न सुझाएका हुन्। चीन भ्रमणमा रहँदा संघीय संसद्बाट सर्वसम्मतिले पारित गरेको नेपालको चुच्चे नक्साबारे पनि कुरा उठाउन प्रधानमन्त्री प्रचण्डलाई सहभागी नेताहरूले सुझाव दिए ।
बैठकमा सहभागी नेताहरूले मुलुकको आर्थिक विकाससहितका विषयमा प्रधानमन्त्री प्रचण्डलाई व्यक्तिगत र पार्टीगत सुझाव दिएका थिए। तर संसद्कै दोस्रो ठुलो एवं प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले भने प्रधानमन्त्री दाहालको चीन भ्रमण र संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताबारे कुनै धारणा राखेनन्।
अन्य दलका नेताभन्दा ओली १० मिनेट ढिला गरी छलफलस्थलमा पुगेका थिए। ओली पुगेपछि बैठक सुरु भए पनि उनले केही बोलेनन्। केही समय बैठकमा सहभागी ओली केही नबोलीकनै बाहिरिएको बताइएको छ। बैठकमा सहभागी एक नेताले भने, ‘१० मिनेटजति ढिला आइपुग्नुभएको थियो, एकछिन बस्नुभयो अनि केही नबोली हिँड्नुभयो।’
बैठकमा सहभागी एमाले नेतासमेत रहेका पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने चीन नेपालसँग सशंकित रहेको धारणा राखेका थिए। प्रधानमन्त्रीले आगामी भ्रमणका क्रममा चीनलाई आश्वस्त बनाउनुपर्ने तर्क गरेका थिए।
बैठकमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पनि दुई देशका विषयमा केही बोलेनन्। उनले प्रधानमन्त्री प्रचण्डलाई भ्रमणको शुभकामना मात्र दिए।
चीन–नेपालको सम्बन्धन सदियौंदेखि रहेको जनाउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले छिमेकी मुलुकहरूले गरेको विकासबाट लाभ उठाउन सक्नुपर्ने धारणा राखेका थिए। नेपाल कुनै पनि देशको पक्ष वा विपक्षमा उभिन नहुने र नउभिने धारणा राख्दै देउवाले सन्तुलित सम्बन्ध निर्माणमा प्रधानमन्त्रीले ध्यान दिनुपर्ने सहभागीहरूले बताए।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले पनि चीनसँगको नेपालको सम्बन्धन कमजोर बनेको धारणा राखेका थिए। पुरानो सम्बन्धलाई निरन्तरता दिनेगरी प्रधानमन्त्रीले भ्रमणका क्रममा चीनको आशंका हटाउन लाग्नुपर्ने तर्क गरे।
वर्ल्ड बैंकको ‘लोन’ लिएर भए पनि मुलुकको विकास गर्नुपर्नेमा जोड दिँदै तामाङले क्रस बोर्डर विद्युत् लाइनसहितका विषय उठाएका थिए। गरिबी निवारणको सवालमा चीनले हासिल गरेको सफलताबाट लाभ लिनुपर्ने धारणा राख्दै सहभागी जनमत पार्टीका अध्यक्ष सिके राउतले नेपालको आर्थिक विकास हुनेगरी विषय उठान गर्न सुझाए।
२०६५ मा पहिलोपटक प्रधानमन्त्री भएपछि औपचारिक विदेश भ्रमण चीनबाटै सुरु गरेका प्रधानमन्त्री दाहाल यसपालि भने प्रधानमन्त्री बनेको आठ महिनापछि मात्र चीनको यात्रामा निस्कने तयारीमा छन्। त्यसक्रममा चीन र नेपालका बिचमा विभिन्न चरणमा द्विपक्षीय समझदारी तथा सम्झौताहरू भएका छन् तर कार्यान्वयनमा गइसकेका छैनन्। २०७६ सालमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएका बेला २० बुँदे सम्झौता भएको थियो।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...












