नेम्वाङको पार्थीव शरीर बुधबार दिउँसो १ बजेसम्म च्यासलमा रहने, त्यसपछि बालुवाटार सारिने
काठमाडौं । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थीव शरीर बुधबार दिउँसोसम्म एमाले पार्टी कार्यालय मुख्यालयमा राखिने भएको छ। बुधबार दिउँसोपछि उनको निजी निवास बालुवाटारमा राखिने जनाइएको छ।
बुधबार दिउँसो १ बजेपछि नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा लगिने नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ। नेम्वाङप्रति श्रद्धाञ्जली अर्पणका लागि मंगलबार बिहानदेखि उनको पार्थिव शरीर पार्टीको केन्द्रीय कार्यालयमा राखिएको छ।
नेम्वाङको बिहीबार बिहान मात्रै अन्तिम संस्कार गर्ने तयारी छ। त्यसअघि धार्मिक, सांस्कृतिक तथा पारिवारिक विधिहरु पूरा गर्नुपर्ने भएकाले बुधबार दिउँसो १ बजेपछि पार्थीव शरीर निजी निवासमा राखिने एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले बताए।
प्रतिनिधि सभा सदस्य एवम् एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ मंगलबार बिहान आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका थिए। उनलाई मंगलबार बिहान १:५० बजे त्रिवि शिक्षण अस्पतालमा पुर्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।
Comments
अरु समाचार
-
एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा फर्किए
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ सोमबार नेकपा (एमाले) मा फर्किएका हुन् । एमालेको केन्द्रीय कार्यालय,...
-
अर्घाखाँचीबाट लागु औषधसहित पाँच जना पक्राउ
काठमाडौं । अर्घाखाँचीको सन्धिखर्कमा लागु औषध सहित पाँच जना पक्राउ परेका छन् । दुई छुट्टाछुट्टै स्थानमा पाँच जना पक्राउ परेका...
-
चिसोसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्यो
काठमाडौँ । अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार आज काठमाडौँ...
-
रास्वपा सभापति लामिछानेका कानुन व्यवसायीको बहस जारी
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात...
-
दक्षिण कोरियाका अनुसन्धानकर्ताद्वारा युनलाई पक्राउ गर्न प्रहरीसँग आग्रह
काठमाडौं । दक्षिण कोरियाली भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरूले महाभियोग लागेका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न सोमबार प्रहरीसँग आग्रह गरेका छन्...
-
‘क्यानडाका प्रधानमन्त्री ट्रुडोले यसै साता राजीनामा दिने’
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो लिबरल पार्टीभित्र बढ्दो असहमतिका कारण यसै साता राजीनामाको घोषणा गर्ने सम्भावना रहेको ‘द...
-
सुन्तलाको बजारीकरणमा सघाउँदै नगरपालिका
काठमाडौं । सुन्तला गाउँको चिनिएको सिगानामा उत्पादित सुन्तला बागलुङ नगरपालिकाले बजारीकरणमा सघाउन थालेको छ ।उचित मूल्य र पहिचानका लागि सुन्तला...
-
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई प्रहरीले...
-
एमाले केन्द्रीय कमिटी बैठक आज पनि, केन्द्रीय सदस्यले धारणा राख्दै
काठमाडौँ : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज...