सभामुख देवराज घिमिरे र आयरल्याण्डका समकक्षी फारगेलबीच शिष्टाचार भेटवार्ता
काठमाडौं । आयरल्याण्ड भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले आयरल्याण्डका समकक्षीसँग भेटवार्ता गर्नुभएको छ ।
सभामुख घिमिरेले बुधबार राति आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सानओ फारगेलसँग भेट गर्नुभएको हो । भेटमा दुई देशका संसदबीच संसदीय आदानप्रदान, द्विपक्षीय सहयोग लगायतका विषयमा कुरा भएको भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिनभयो ।
नेपाल र आयरल्याण्डबीच सन् १९९९ अगष्ट १९मा कुटनीतिक सम्बन्ध स्थापनाभएको थियो । दुई देशबीच विगतमा पनि उच्चस्तरीय भ्रमण हुँदै आएका छन् । सन् २०१९ मा आयरल्याण्डको प्रतिनिधिसभाका सभामुख सानओ फारगेलले नेपाल भ्रमण गर्नुभएको थियो ।
सभामुख घिमिरेले उच्चस्तरीय भ्रमणले दुई देशको आपसी बुझाइ, सदभाव तथा सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । “दुई देशको सम्बन्ध प्रगाढ र बलियो बनाउन हाम्रा संसद र सांसदहरुको भूमिका छ,” सभामुखले भेटमा भन्नुभयो, “संसदीय अभ्यासको आपसी अनुभव आदानप्रदानमार्फत संसदीय लोकतन्त्रलाई परिस्कृत गर्दै आफ्ना नागरिकहरु हक अधिकार सुनिश्चित गर्न सकिन्छ ।”
सभामुख घिमिरेले नेपालमा नयाँ संविधान जारी भएपछि दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भइसकेको जानकारी दिँदै संविधानले प्रदान गरेका मौलिक हकलाई कार्यान्वयन गर्न धेरै कानूनहरु निर्माण भइसकेको र केही कानूनहरु निर्माणका लागि संसदले काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले नेपालको संघीय संसदमा मैत्री समूहहरु निर्माणको चरणमा रहेको जानकारी दिँदै आयरल्याण्डसँग सम्बन्ध स्थापित गर्न नेपाल–आयरल्याण्ड मैत्री समूह गठन गर्ने जानकारी दिनुभयो ।
“त्यस समूहले दुई देशका संसदबीचको संवाद र सहकार्यलाई निरन्तर अघि बढाउनेछन्”, सभामुखको घिमिरेले भन्नुभयो । उहाँले संसदीय अभ्यास सिकाइका लागि दुई देशको संसदका कर्मचारीबीच आदानप्रदान कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राख्नुभयो ।
सभामुख घिमिरेले संयुक्त राष्ट्रसंघ, अन्तर–व्यवस्थापिका संघजस्ता बहुपक्षीय मञ्चमा जलवायु परिवर्तन र यसका प्रभावजस्ता विश्वव्यापी साझा मुद्दामा नेपाल र आयरल्याण्डले सहकार्य गर्न सक्ने धारणा राख्नुभयो ।
आयरल्याण्डको प्रतिनिधिसभाका सभामुख सानओ फारगेलले सन् २०१९ मा भएको नेपाल भ्रमणमा आफूले पाएको न्यानो स्वागतको स्मरण गर्नुभयो । उहाँले नेपाल प्राकृतिकरुपमा धनी देश रहेको बताउँदै आफूले नेपाल जति सुन्दर मुलुक त्यसअघि भ्रमण नगरेको समेत उल्लेख गर्नुभयो । उहाँले आयरल्याण्डमा दुई देशको संसदीयमैत्री समूह गठन भइसकेको जानकारी दिँदै संसदीय आदानप्रदानमा जोड दिनुभयो ।
आयरल्याण्डका सभामुखले आफ्नो मुलुकले वार्षिक अफ्रिकाका एक सय ६० विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको जानकारी दिँदै नेपाललाई पनि आइरिस अनुदानमार्फत समावेश गर्ने बताउनुभयो ।
सभामुख फारगेलले आयरल्याण्डमा नेपाली विद्यार्थीहरुको उपस्थिति वृद्धि हुँदै गएको बताउँदै उनीहरुको शिक्षा र आवास प्रबन्धमा भएका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले दुई देशबीच कृषि र खाद्यप्रविधिको आदानप्रदानको सम्भावना रहेको उल्लेख गर्नुभयो ।
सभामुख घिमिरेले बुधबार नै आवास, स्थानीय सरकार तथा सम्पदामन्त्री दर्राघ ओब्रायनसँग भेट गर्नुभएको थियो । आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सानओ फारगेलको निमन्त्रणामा आइतबार एक साताका लागि सभामुख घिमिरे आयरल्याण्डको राजधानी डब्लिन प्रस्थान गर्नुभएको थियो ।
सभामुखको भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र नेपाली राजदूतावास, लन्डनका द्वितीय सचिव रामबाबु नेपाल सहभागी हुनुहुन्छ ।
सभामुख घिमिरेले यसअघि माथिल्लो सदनसिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट गर्नुभएको थियो । औपचारिक भ्रमण पूरा गरी सभामुख नेतृत्वको टोली असोज ७ गते नेपाल फर्कने कार्यक्रम छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











