बायाँ हाते स्पिनर ललित नारायण राजवंशीले एसियन गेम्स गुमाउने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित नारायण राजवंशीले एसियन गेम्स गुमाउने भएका छन् ।
बायाँ हाते स्पिनर ललितको आज बी एण्ड बी अस्पतालमा शल्यक्रिया गरीएको छ । अभ्यास खेलमा फिल्डङका क्रममा घाइते भएका उनको दाँयाँ क्लाभिकल फ्राक्चर (कलर बोन )को आज शल्यक्रिया गरिएको डा.अभिषेकराज सिंहले बताएका छन् । उनले भने, ‘उहाँको अप्रेसन भर्खरै सम्पन्न भएको हो । अहिले अवस्था सामान्य नै छ ।’
ललितले कम्तिमा पनि ४ हप्ता आराम गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । ‘हामीले उहाँलाई विश्वकप क्वालिफायर्समा खेलमा फर्काउने लक्ष्य सहित विशेष रिकोभरीको व्यवस्था गर्नेछौं । हेरौं उहाँको शरीरले कतिको छिटो रिकोभर गर्न सक्छ’, डाक्टर भने ।
ललितको बलिङ आर्म सुरक्षित भएका कारण दायाँ पट्टी लागेको चोट रिकोभर गरि उनलाई मैदान फर्काउन डाक्टरहरुको विशेष प्रयास हुने उनले जानकारी दिएका हुन् ।
ललित घाइते भए पछि उनको स्थानमा कसलाई प्रतिस्थापन गर्ने भन्ने निर्णय गरिनसकेको क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठकले जानकारी दिए । ‘म्यानेजमेन्ट टिमले केही छलफल गर्दै छ । निष्कर्ष निस्किएपछि हामी निर्णय गरेर जानकारी दिन्छौं’, उनले भने ।
हालसम्म ललितले २३ ओडीआईमा २८ र १२ टि–२० आईमा १० विकेट लिएका छन् ।
Comments
अरु समाचार
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...
-
आईपीएलः राजस्थानले लखनऊलाई सानदारले हरायो, सुर्यवंशीले बनाए ९३ रन
जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनऊ सुपर जाइन्ट्समाथि ७...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
-
नेपालले अमेरिकालाई ९ विकेटले हरायो, कुशल भुर्तेलको शानदार शतक
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको...
-
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै
काठमाण्डौ — आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट...












