आजको राशिफल: २०८० असोज ७ गते, आइतवार
मेषः आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साँझतिर ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्नेछन्।आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। पहिले प्रतिस्पर्धा गर्नेहरू स्वतस् पछि हट्नेछन्। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।
वृषः तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम गर्न सकिनेछ।स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ।
मिथुनः साँझतिर स्वास्थ्य कमजोर रहनेछ। आफ्नै वचनबद्धता पालना गर्न नसकिएला। अरूको सहयोगले काम बन्नेछ।सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्यपूर्ण सत्कार पाइने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। तर आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला।
कर्कटः व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। आँट गर्दा ठूलै काम पनि सम्पादन हुनेछन्। साँझतिर नयाँ काम गर्ने अवसर जुट्नेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग रमाइलो भेटघाट हुनेछ।रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ।
सिंहः परिस्थितिवश काम रोकिन सक्छ। वादविवादमा अघि नसर्नुहोला। व्यवसायिक काममा केही खर्च लाग्न सक्छ।सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। साँझतिर पुरानो समस्याले अलमल्याउन सक्छ।
कन्याः बौद्धिक कलाको प्रभाव बढ्नेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन्।हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दुस्ख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिएला। साँझदेखि स्थितिमा सुधार आउनेछ।
तुलाः साँझतिर भने केही सावधानी अपनाउनुपर्नेछ। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। प्रक्रिया नमिल्नाले पनि काम दोहोर्याउनुपर्ला।प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
वृश्चिकः साँझतिर भने सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला।अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। बोलीको समेत गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। मिहिनेतले अध्ययनमा प्रगति हुनेछ। विभिन्न भौतिक स्रोत(साधन प्राप्त हुनेछन्।
धनु : अरूको विषयमा चासो राख्दा व्यर्थैमा दुस्ख पाइनेछ। साँझतिर स्थितिमा सुधार आउनाले केही काम बन्नेछन्। कामको यश लिने अवसर प्राप्त हुनेछ।रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। पहिले दिएको वचन पूरा गर्न नसक्ता आलोचित बन्नुपर्ला। ईर्ष्या गर्नेहरूले पनि काममा बाधा पुर्याउन सक्छन्।
मकरः साँझतिर स्थितिमा सुधार आउनाले नयाँ काम गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। विभिन्न उपहार प्राप्त हुनेछन्। सहयोगीहरूको साथले रोकिएको काम बन्नेछ।सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँगको सम्पर्कले यात्रा सम्भावना देखिन्छ।
कुम्भ : परिस्थितिजन्य समस्याले दुस्ख पाइनेछ। साँझतिर यात्रा र किनमेलका लागि सञ्चित रकम खर्च हुनेछ। आफन्तबाट टाढिनुपर्ने हुन सक्छ।मन्दीको प्रभावले आम्दानीका स्रोत कमजोर बन्नेछन्। बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। आर्थिक समस्या सुल्झाउन पनि कर्जा लिनुपर्ला। सरसापटमा रकम बाहिरिनेछ।
मीनः मेहनतले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। उठ्नुपर्ने रकम साँझतिर हातलागी हुनेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुनाले धन सञ्चय हुनेछ।कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। कर्मयोगले आम्दानी समेत बढाउनेछ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












