आजको राशिफलः २०८० असोज ९ गते, मंगलवार
मेष: आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। साँझतिर व्यवसायमा विशेष फाइदा हुनेछ।केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा आघात पुग्न सक्छ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। तापनि उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
वृष: प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। र, साँझतिर नयाँ काम थालनी गर्न सकिनेछ।मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। समुदायको हितमा विशेष काम गर्न सकिनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।
मिथुन: नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ। समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ।
कर्कट: पेसा–व्यवसायमा विशेष फाइदा हुनेछ। साँझतिर स्वास्थ्यमा कमजोरी र काममा चुनौतीको समय रहनेछ। सञ्चित रकमसमेत खर्च हुनेछ।घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ।
सिंह: व्यापारलगायत आर्थिक लाभ हुने योजना शुभारम्भ हुनेछ। साँझतिर बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आफन्तले पनि उत्साह जगाउनेछन्।यात्रा र किनमेलमा खर्च हुनेछ। अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन जुट्नुपर्ने समय छ। द्वेष वा ईर्ष्या गर्नेहरूले बाधा पुर्याए पनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ।
कन्या: बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। विवाद तथा मुद्दाहरूमा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।मिहिनेतले विभिन्न अवसर दिलाउनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ।अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ।
तुला: व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। साँझतिर काम बन्नुका साथै आर्थिक स्थितिमा सुधार आउनेछ।परिस्थितिअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आफन्तको सहयोगले काम बनाउन सकिनेछ।
वृश्चिक: बेसुरमा काम गर्ने बानीले समस्या पर्न सक्छ। शुभचिन्तकहरूको सहयोगले काम बन्नेछ।भौतिक साधनले खर्च बढाउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तापनि कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम र दाम आर्जन गर्न सकिनेछ। गरिएका कर्मको फल प्राप्त हुनेछ। साँझतिर साथीभाइसँग केही सन्तुलित व्यवहार गर्नुपर्ला।
धनु: साँझतिर प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ। लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ।बौद्धिक क्षमतामा निखारता आउनेछ। बुद्धिको उपयोगले ठूलै काम पनि सम्पादन हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।
मकर: सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ। साँझतिर पढाइलेखाइमा राम्रो प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ।आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।
कुम्भ :गरेको काम बन्नाले धनलाभ पनि हुनेछ। घरमा पाहुना तथा शुभचिन्तकको आगमन हुन सक्छ।खर्च लागे पनि केही काम बनाउन सकिनेछ। टाढाका साथीभाइको साथ–सहयोग प्राप्त हुनेछ। पेसा–व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। साँझतिर रमाइलो भेटघाट हुनेछ।
मीन: प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। दैनिक काम सम्पादन हुनुका साथै यथेष्ट आम्दानी भइरहनेछ। साँझतिर आकस्मिक खर्च बढ्नाले सरसापट लिनुपर्ने हुन सक्छ।श्रम परे पनि राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












