प्रधानमन्त्री देशबाहिर रहेका बेला गुप्तचर प्रमुख भेट्न दिल्ली जाँदै थापा
काठमाडौं । प्रधानमन्त्री देश बाहीर भएको बेला गुप्तचर विभाग प्रमुखले पनि देश छाड्ने तयारी गरेका छन् । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा बुधबार काठमाडौंबाट नयाँ दिल्ली जाने भएका हुन् । कोरिया पुगेर आएका थापालाई ‘रअ’ का प्रमुख रवि सिंहले बोलाएपछि त्यता जान लागेका हुन् । उनी आफ्ना सहयोगीको साथमा भारत जान लागेको विभाग स्रोतले जनाएको छ । उहाँ बुधबार भारत जाने कार्यक्रम रहेको छ , विभागका एक अधिकारीले भने । उनका अनुसार थापा भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुखलाई भेट्न जान लागेका हुन् ।
भदौ ११ गते कोरिया उडेका उनले यो वर्ष विभागको वार्षिक उत्सव समेत नमनाएको समाचार छ । भारत १२ गते विभागको वार्षिक उत्सव थियो । तर उनी अघिल्लो दिन कोरीया उडेका थिए । उनी अहिले भारत जाने तयारीमा छन् । कोरिया जानुअघि उनले नेपालमााा पाँच सदस्यीय कोरीयन टोलीलाई बैशाख १ गते नेपालमा स्वगत गरेको थियो । तर यो विषयलाई गुपचुप राखिएको थियो ।
कोरियन गुप्तचर टोलीले त्यतिबेला उनलाई मात्र भेटेको थिएन,प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई पनि भेटेर गएको थियो । यो विषय अहिले सम्म गोप्य नै रहेछ । कोरियाबाट नेशनल इन्टेृिलजेन्स सर्भिसका एसिया प्यासिफक चिफ किम हाओन नेपाल आएका थिए ।
माओवादि कोटामा गुप्तचर प्रमुख नियुक्त भएका थापा लामो समय विदश जाने प्रमुखकर्मचारीमध्ये एक हुन् । गुप्तचर विभागमा रहेका कर्मचारीहरु यसरी लामो समयसम्म विदेश भ्रमण गर्नुलाई निको मानिदैन । मुलुकका विभिन्न भागमा रहेका ३००० जनशक्तिमध्ये आधा काठमाडौंमा खटिएको र उनीहरु राजनीतिक प्राकृतिका सूचना सङ्कलन केन्द्रित रहेको कारण अन्य सूचना संकलनमा कमजोर हँदै आएका छन् ।
विभागले आन्तरिक गुप्तचरी मात्रै गर्ने गर्छ । नेपालको छुट्टै बाह्य गुप्तचर निकाय छैन् । प्रधानमन्त्रि कार्यालय मातहत रहेको विभागलाई नेपालमा विदेशी चलखेलको नियन्त्रण र सीमा सुरक्षाजस्ता विषयमा गुप्तचरी सूचना संकलनमा अझ प्रभावकारी ढंगले अगाडी बढाउनुपर्ने प्रमुख नै विदेश भ्रमणमा दौडिरहेका हुन्छन् ।
Comments
अरु समाचार
-
प्रदीप अधिकारी र षडयन्त्रमा सहभागीविरुद्ध मुद्दा दर्ता, अन्यको हकमा प्रमाण पुगेमा फेरि मुद्दा लगिने
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको आरोपमा तत्कालीन नेपाल नागरिक उड्डयन प्राधिकरण...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
टर्किस एयरलाइन्सको विमानमा आगो, यात्रु सबै सुरक्षित
काठमाडाैं । इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागी भएपछि दमकलको प्कोरयोग गरेर आगो...
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्। पत्रकाहरुलाई कसरी पहुँच दिने...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...












