टी-२० क्रिकेटमा नेपाली खेलाडीको विश्व कीर्तिमानको ओइरो, मंगोलियालाई २७३ रनले हरायो
काठमाडौं । चीनको हान्झाउमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत टी–ट्वान्टी क्रिकेटमा नेपालले मंगोलियालाई २७३ रनले हराउँदै कीर्तिमानी जित निकालेको छ । बुधवार बिहान पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३१५ रनको लक्ष्य प्रस्तुुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको मंगोलिया नेपाली बलरसामु टिक्न सकेन । मंगोलिया १३ दशमलव १ ओभरमा सवै विकेट गुमाएर ४१ रनमात्रै बनाउन सकेपछि नेपालले कीर्तिमानी जित निकालेको हो ।
भारत, श्रीलंका, अष्ट्रेलियाका चर्चित क्रिकेट खेलाडीले कायम गरेको विश्व रेकर्ड नेपाली खेलाडीले चीनमा भएको १९ औं एसियाड अन्तर्गतको पुरुष टी–२० आई क्रिकेट प्रतिस्पर्धामा तोडिदिएका छन् । नेपाली खेलाडी कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी तोडिदिएका छन् । बुधबार मंगोलियाविरुद्धको खेलमा कुशल मल्लले ८ चौका र १२ छक्का प्रहार गरे । २० ओभरको खेलमा एक्लैले उनले १३७ रन बनाइदिए ।
मंगोलियाविरुद्ध पहिले ब्याटिङ भएको नेपालका मल्लले ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाइदिए । मल्लले ५० बलमा १३७ रन बनाए । यसअघि टी –२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो । भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए । यसअघि नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले २०१९ मा सिंगापुरविरुद्ध ४९ बलमा शतक बनाएका थिए । पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेपाल मंगोलियाविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएको हो ।
यस्तै दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् । अविश्वसनीय हिटिङ गर्दै उनले आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गरेका थिए । १० बलको सामना गर्दा उनले ८ छक्का हिर्काए । दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशकतक प्रहार गर्दै अर्को विश्वकीर्तिमान बनाए । एसियन गेम्समा कमजोर मंगोलियाविरूद्ध उनले १० बलमै अर्धशतक पूरा गरे ।
भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान दीपेन्द्रले तोडेका हुन् । ऐरीले १२ बलको विश्वकीर्तिमान पनि भंग गरिदिएका छन् । यो कीर्तिमान भारतका युवराज सिंहको नाममा थियो । दीपेन्द्रले १९औं ओभरका पछिल्ला पाँच बलमा ५ छक्का हिर्काएका थिए । अर्को ओभरको दोस्रो बलमा पनि छक्का हिर्काएपछि उनले ६ बलमा ६ छक्का प्रहार गर्ने अर्को विश्वकीर्तिमान बनाए ।
खेलमा कुशल मल्लले ५० बलमा नटआउट १३७ रन, दीपेन्द्रसिंह ऐरीले १० बलमा नटआउट ५२ रन, कप्तान रोहित पौडेलले २७ बलमा ६१ रन, कुशल भुर्तेल २३ बलमा १९ रन र आसिफ शेख १७ बलमा १६ रन जोडेर आउट भएका थिए । मंगोलियाविरुद्धको खेलमा नेपालले २६ छक्का र ११ चौका प्रहार गरेर विश्वलाई नै अचम्बित बनाइ दिएको छ । नेपालले मंगोलियाविरुद्ध प्रस्तुत गरेको लक्ष्य विश्वमै अहिलेसम्मको सर्वाधिक हो । योभन्दा पहिले अफगानिस्तानले आयरल्यान्डलाई २७८ रनको लक्ष्य दिएको थियो । यो विश्व कीर्तिमान थियो । उक्त कीर्तिमान नेपालले तोडेको छ ।
Comments
अरु समाचार
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...












