एनआरएनए सचिवमा यूएईबाट मनोज कुमार श्रेष्ठको उम्मेदवारी घोषणा
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)२०२३–२५ को कार्यकालका लागि यूएईबाट मनोज कुमार श्रेष्ठ(गोर्खाली)ले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
१० वर्षदेखि खाडी मुलुकमा कार्यरत रहेको र आज पनि श्रमजिवी नेपालीहरुको साथ र सेवामा निरन्तर खटिरहेको तथा आगामी दिनहरुमा पनि खट्ने प्रतिबद्धताका साथ आफूले सचिव पदमा उम्मेदवारी घोषणा गरेको श्रेष्ठले बताए । उनले भने,आगामी १७ अक्टोबरदेखि सुरु हुन लागेको ११ औं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्न पाउँदा म असाध्यै हर्षित रहेको र विश्वभर छरिएर रहेका नेपालीको साझा संस्था एनआरएनएको यो भूमिका दिलाउन तपाईहरुले पुर्याउनु भएको योगदानप्रति आभार व्यक्त गर्दछु ।
उनले एनआरएनएको इतिहासमा लामो समय व्यतित गर्दै आज आफू सचिवजस्तो गरिमामयपदमा उम्मेदवारी दिन आईपुगेको बताए । “तपाई सम्मानित पार्षद् र अग्रजहरुको हरेक चरणमा विश्वास जितेर आजको अवस्थामा आइपुगेको हुँ”, उनले भने ।
वर्षौ विदेशमा बिताएका नेपाली दाजुभाई दिदीबहिनीहरु (रिटर्नी माइग्रेन्ट्स)को पुनस्र्थापना। नेपाली अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्सको वृद्धि एवं भर्खरै लागू भएको सामाजिक सुरक्षाको कार्यन्वयन र संस्थाभित्र आर्थिक पारदर्शियता एवं यसमा महिला र युवाहरुको सहभागिता तथा नागरिकताको सहभागिता तथा नागरिकताको निरन्तरता दिन उम्मेदवारी दिएको उनले बताए ।
लामो समयदेखि एनआरएनए अभियानमा जोडिएका गोर्खालीले सन् २०११ देखि २०२१ मध्यपूर्व सहसंयोजक रुपमा सक्रिय भूमिका निर्वाह गरिसकेका छन् ।
Comments
अरु समाचार
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...












