विमल घर्ती मगर पनि गए अस्ट्रेलिया
काठमाडौं । चर्चित फुटबलर बिमल घर्तिमगर विदेश पलायन भएका छन् ।
सुरक्षित भविष्यको खोजीमा बिमल अष्ट्रेलिया लागेका हुन् । केही समयअघि विवाह बन्धनमा बाँधिएका बिमलले समेत नयाँ गन्तव्यको रुपमा बिदेशनै रोजेका छन् ।
राष्ट्रिय फुटबल टिमका स्टार फुटबलर समेत रहेका बिमलको विदेश पलायनले खेल क्षेत्रलाई स्तब्ध बनाएको छ ।
उमेर समूह हुँदै राष्ट्रिय टिमसम्म आईपुगेका बिमल पछिल्लो पुस्ताको नेपाली फुटबलका उत्कृष्ट फरवार्ड मानिन्छन् । उनले करियरको सुरुआतमा युरोपेली फुटबलमा आबद्ध हुन प्रयास गरेका थिए । युवा अवस्थामै प्राप्त स्टारडमले उनलाई पछिल्लो एक दशक नेपाली फुटबलको लोकप्रिय फुटबलर बनाएको थियो ।
उनकै नेतृत्वमा नेपालले यू–१९ साफ च्याम्पियनसिप जित्दै अन्तराष्ट्रिय फुटबलमा उपाधिको ढोका खोलेको थियो ।
उनले नेपालका लागि यू–१९ साफ च्याम्पियनसिप सहित साग गेम्स, बंगबन्धु कप, एएफसी सोलिडारिटी सहित विभिन्न उपाधि जितेका छन् ।
उनले नेपालको घरेलु फुटबलमा थ्री स्टारबाट भारतको बार्दोलोइ ट्रफीदेखि मछिन्द्र फुटबल क्लबबाट दुई पटक लिग उपाधि जितेका छन् । मोफसलबाट काठमाडौं आएर अन्तराष्ट्रिय स्तरमा नाम कमाएका फुटबलरले करियरको बिट मार्दै विदेशीने निर्णय लिएका हुन् । करियरको उच्च फर्ममा रहने उमेरमा उनले विदेशीने निर्णय लिदाँ सबैभन्दा घाटा नेपाली फुटबललाई परेको छ ।
पछिल्लो समय नेपाली फुटबलरमा विदेशी क्रम ह्वात्तै बढेको छ । सुरक्षित भविष्यको खोजीमा अधिककांश फुटबलर विशेष गरेर अष्ट्रेलियालाई नयाँ गन्तब्य बनाएका छन् । घरेलु फुटबलको संरचना गतिलो र बलियो नहुँदा वर्षभरी खेल्न नपाउने पिडा खेलाडीसँग छ । सोही कारण सुरक्षित भविष्य र राम्रो आम्दानीको खोजीमा फुटबलरहरु विदेश पलायन हुने क्रम बढेको छ ।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












