एसियाली खेलकुदः भारतविरुद्ध नेपाललाई चाैँथो सफलता
काठमाडाैँ । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा भारतविरुद्ध नेपाललाई चाैथो सफलता मिलेको छ ।
भारतका यसस्वी जैसवाल एक सय रन जोडेर आउट भए। उनलाई दीपेन्द्रसिंह ऐरीले आउट गरे।
भारतले १७ ओभरमा ४ विकेट गुमाएर एक सय ५६ रन जोडेको छ। नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट हात पारे।
नेपालका लागि सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका हुन् । उनले भारतका जितेश शर्मालाई आउट गरे । चार बल खेलेका शर्मा ५ रन बनाएर आएट भए ।
यसअघि सोमपाल कामीले दोस्रो सफलता दिलाएका थिए । उनले भारतका तीलक वर्मालाई आउट गरे । १० बल खेलेका वर्मा २ रनमै आउट भए ।
दीपेन्द्र सिंह ऐरीले पहिलो सफलता दिलाएका थिए । उनले भारतका कप्तान रितुराज गायकवाडको विकेट लिएका हुन् । उनी २३ बलमा २५ रन बनाएर आउट भए ।
नेपालविरुद्ध खेल्न भारतले दोस्रो रोजाईको टोली पठाएको छ । भारतीय टोलीमा इन्डियन प्रिमियर लिग (आइपीएल) मा सानदार प्रदर्शन गर्दै आएका खेलाडी छन् ।
नेपाल समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै अन्तिम आठमा पुगेको हो । भारत भने सिधै क्वार्टरफाइनल खेल्न लागेको हो । आजको विजेता टोली सेमिफाइनल पुग्नेछ ।
नेपालले टी-२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको हो। ओडीआईमा भने अघिल्लो महिना एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।
Comments
अरु समाचार
-
जम्बो टोलीसहित बेइजिङमा ट्रम्प, पाँच मुख्य मुद्दामा हुँदैछ वार्ता
बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८ वर्षपछि बुधबार चीन भ्रमणमा पुगेका छन्। उनको विमान बेइजिङको क्यापिटल इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको...
-
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
काठमाडौं । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ ।...
-
घरको छतसहित खसेर दुई जनाको ज्यान गयाे
बरहथवा (सर्लाही) । सर्लाहीको मलंगवामा घरको छतसहित खसेर दुईजनाको मृत्यु भएको छ । मलंगवामा नगरपालिका–१० स्थित रञ्जित यादवको चारतले पक्की...
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...












