हमासविरुद्ध लड्न युद्धपोत र लडाकु विमान इजरायलतर्फ पठाउँदै अमेरिका
एजेन्सि । हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेपछि अमेरिकाले इजरायलको समर्थन गर्दै हतियार दिने वाचा गरेको छ ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले हमासविरुद्ध लड्न पूर्वी भूमध्य सागरमा अमेरिकी युद्धपोत यूएसएस जेराल्ड आर फोर्ड, युद्धक विमान, एक मिसाइल क्रुजर, चार क्षेप्यास्त्र र गोलाबारुद पठाउने घोषणा गरेका हुन् । हमासको आक्रमणमा इजरायल, अमेरिका, नेपालका साथै कयौँ देशका नागरिकहरू पनि मारिएका छन् ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यस विषयमा भनेको छ, ‘हामी थप सैन्य सहायता दिनेछौँ । साथै इजरायलको दुश्मनले यो स्थितिको फाइदा नउठाओस् भनेर अमेरिकाले अन्य काम पनि गर्नेछ ।’ इजरायलका अनुसार हालसम्म हमासको आक्रमणमा इजरायलमा रहेका ७ सय मानिसले ज्यान गुमाइसके । हमासका लडाकुले सयभन्दा बढी मानिस अपहरण पनि गरेका छन् ।
यस्तोमा इजरायलले हमासविरुद्ध जवाफी कारबाही थालिसकेको छ । इजरायलका सेनाहरू ट्यांकलगायतका हतियारसहित हमास लडाकु रहेका सीमा क्षेत्रमा जाँदैछन्, जहाँबाट अपहरणमा परेका मानिसहरू छुटाउन सकियोस् । इजरायलसँगै विदेशी नागरिकहरू अपहरणमा परेको आशंका छ ।
यस्तै, इजरायका सेनाले हवाई आक्रमण गर्दा प्यालेस्टाइनको गाजा क्षेत्रमा चार सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने २३ सयभन्दा बढी मानिस घाइते भएका छन् । गाजा क्षेत्रका भवनमा इजरायलको जवाफी कारबाहीले ठूलो क्षति पुगेको छ ।
बीबीसीको रिपोर्टअनुसार शनिबार हमासको आक्रमणले एकै स्थानमा २६० जनमा मानिसले ज्यान गुमाएका थिए । दक्षिणी इजरायलको एक मरुभूमिमा आयोजित संगीत महोत्सवमा रकेट मात्र आक्रमण गरिएन, हमासका लडाकुहरूले त्यहाँ घुसेर अन्धाधुन्ध गोलीसमेत चलाएका थिए ।
इजरायल र प्यालेस्टाइनबीच मुख्य गरी वेस्ट ब्यांक र पूर्व जेरुस्लमको विषयमा लामो समययता विवाद छ । यो दुवै क्षेत्र सन् १९६७ को मध्य-पूर्वको युद्धपछि इजरायलको नियन्त्रणमा गएको थियो । प्यालेस्टाइनको लडाकु समूह हमासले आफ्नो भूभाग फिर्ता गर्न युद्ध इजरायलसँग लडिरहेको बताउने गर्दछ ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












