जोखिममा रहेकालाई सुरक्षित स्थानमा सारियो, कियरगिभरमा कार्यरत सबै नेपाली सुरक्षित
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा जोखिममा रहेका नेपालीहरूलाई सुरक्षित स्थानमा राख्नका लागि निरन्तर पहल भइरहेको बताएका छन्।
मंगलबार बिहान सिंहदरबारमा बसेको संसदको अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा इजरायलको पछिल्लो घटनाक्रमका सम्बन्धमा जानकारी गराउँदै मन्त्री साउदले ५५ जना नेपालीलाई सोमबार इजरायल सरकारको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिएका हुन्। मन्त्री साउदले जोखिममा रहेका अन्य विद्यार्थीहरूलाई सुरक्षित स्थानमा राख्नका लागि पहल भइरहेको बताए।
मन्त्री साउदले इजरायलको दक्षिण क्षेत्रको तुलनात्मकरुपमा जोखिमयुक्त क्षेत्रमा आश्रय लिइ राखेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना गरी ५५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताए।
उत्तर क्षेत्रमा रहेका फार्म हाउसमा रहेका केही नेपालीहरूलाई पनि सुरक्षित तवरले बंकरमा रहने व्यवस्था मिलाइएको मन्त्री साउदले जानकारी दिए।
उनले भने,’समन्वय र सहजीकरणका लागि परराष्ट्र मन्त्रालय र राजदूतावासका पदाधिकारीहरूलाई सम्पर्क व्यक्ति तोकी नागरिकहरूको गुनासो सुनुवाइ गरी आवश्यक सूचना प्रवाह गर्ने एवं पीडित र आफन्तको कुरा सुनेर सोही बमोजिम समाधानको लागि पहलकदमी लिने,सुझाव प्रदान गर्नेलगायतका कार्यहरू निरन्तररुपमा गर्दै आएको छौं।’
उनले नेपाल फर्कन चाहनेलाई नेपाली राजदूतावासबाट विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसन सुरू गरिएको र हालसम्म दुई सय बढीको विवरण प्राप्त भइसकेको जानकारी गराए।
मन्त्री साउदले उद्धार लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाजहरू तयारी अवस्थामा राखिएको बताए।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












