बीआरआई सम्मेलनमा भाग लिन चीन जाँदै उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडाैँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ २९ असोजमा चीन भ्रमणमा जाने भएका छन् ।
चीन सरकारले आयोजना गर्ने तेस्रो बीआरआई सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा जान लागेका हुन् । चीनले ३० असोज र १ कार्तिक (१७ र १८ अक्टोबर) मा तेस्रो बीआरआई फोरम आयोजना गर्दैछ ।
उक्त फोरममा भाग लिन उप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा एक उच्चस्तरीय टोली चीन भ्रमणमा जान भएको परराष्ट्र स्रोतले उल्लेख गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले २०१३ मा बीआरआई परियोजना सुरु गरेका थिए । उक्त परियोजना सुरु भएको एक दशक पूरा भएको उपलक्ष्यमा तेस्रो फोरम आयोजना गर्न लागेको हो ।
चीनको महत्वकांक्षी यो परियोजनामा विश्वका एक सय ५० भन्दा बढी मुलुक सहभागी भइसकेका छन् । त्यस क्रममा चीनले ५० खर्ब अमेरिकी डलरभन्दा बढ्ता खर्च गरिसकेको छ । नेपालले सन् २०१७ मा बीआरआई परियोजनामा सहभागी हुने सहमति गरेको थियो । तर, अहिलेसम्म बीआरआईअन्तर्गतका परियोजना कार्यान्वयन हुन सकेका छैनन् ।
आन्तरिक राजनीतिमा देखिएको खिचातानीका कारण बीआरआई कार्यक्रम अन्तर्गतका परियोजना छनौट भए पनि गति भने लिन सकेको छैन । दोस्रो बीआरआई फोरममा नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा उच्चस्तरीय टोली चीन भ्रमणमा गएको थियो । त्यतिबेला भण्डारीले विशेष सम्बोधन गरेकी थिइन् । चीनले बीआरआई परियोजनाले एक दशक पूरा गरेका कारण तेस्रो बीआरआई फोरमबाट परिमार्जित रुपमा अगाडि बढाउने नीति लिएको छ । तेस्रो बीआरआई फोरम फर इन्टरनेशलन कोअपरेशनको मूल थिम भने ‘हाई क्वालिटी बीआरआई कोअपरेशनः टुगेदर फर कमन डेभ्प्लमेन्ट एण्ड प्रस्परेटी’ रहेको छ ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












