नेपालको अतिक्रमित भूमि कालापानी क्षेत्रको भ्रमण गर्दै भारतीय प्रधानमन्त्री मोदी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको अतिक्रमित भूमि कालापानी तथा लिम्पियाधुरा क्षेत्रमा आउने भएका छन्। मोदी आज (बिहीबार) बिहान कालापानी क्षेत्रमा पुग्ने बताइएको छ।
मोदी कैलाश पर्वतको दूरदर्शन र पूजापाठका लागि कालापानी क्षेत्रमा आउन लागेका हुन्। मोदी बिहीबार बिहान ८:३० बजे कैलाश पर्वतको बेसक्याम्प भनिने जोलिङकाङ पुग्नेछन्। त्यहाँबाट उनले कैलाश पर्वतको दर्शन र पूजापाठ गर्ने कार्यक्रम छ।
बिहान ९:३० बजे उनी गुञ्जी क्षेत्रका गाउँ पुग्नेछन्। गुञ्जीसहित नाभि, कुटी, रोङकाङ, नपलच्यू, गर्ब्याङ र बुदीका स्थानीयबासीसँग छलफल गर्नेछन्। मोदीसँग छलफलका लागि ति गाउँबाट पहिले नै प्रतिनिधिहरु छनोट गरिएको छ।
कालापानी क्षेत्रमा मोदीले भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्नेछन्। मध्याह्न १२:०० बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जानेछन्।
प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुग्नेछन्।
मोदीले भ्रमण गर्न लागेको गुञ्जी क्षेत्र रहेको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालले आफ्नो नक्सामा समावेश गरेको छ। भारतले उतिक्रमित गरेको उक्त भूमि फिर्ताका लागि नेताहरुले कूटनीतिक पहल थाल्ने बताउँदै आएका छन्। तर त्यसबारे भारतसँग ठोस वार्ता भने भएको छैन।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...












