पर्यटन उद्यमी शाहलाई एशिएन प्रोफेश्नल आउट स्ट्याङ्डिङ हस्पिटालिटी अवार्ड
काठमाडौं । पर्यटन उद्यमी अभिषेक विक्रम शाहलाई आउट स्ट्याङ्डिङ हस्पिटालिटी अवार्ड प्रदान गरिएको छ ।
व्यवसायी शाहलाई सो क्षेत्रमा अतुलनीय योगदान पुर्याएवापत एशियन प्रोफेस्नल एचिभमेन्ट अवार्ड अन्तर्गतको आउट स्ट्याङ्डिङ हस्पिटालिटी अवार्ड प्रदान गरिएको हो ।
वेष्ट रिेसोर्टका संचालक शाहलाई सिजन मिडियाको आयोजनामा गरिएको विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले उक्त अवार्ड प्रदान गरेका हुन् । नेपालको आतिथ्य उद्योगमा एक प्रतिष्ठित व्यक्तित्वको रूपमा परिचित शाहलाई सो क्षेत्रमा अतुलनीय योगदान पुर्याएवापत उक्त अवार्ड प्रलान गरिएको हो । आफ्नो प्रतिबद्धता र उदाहरणीय नेतृत्वको लागि परिचित शाहको पर्यटन उद्योगमा दुई दशकभन्दा बढीको अनुभव रहेको छ । शाहले होटल/मोटेल प्रशासन/व्यवस्थापनमा स्नातक हासिल गरेका छन् ।
सोल्टी होटलबाट आफ्नो व्यवसायीक यात्रा शुरु गरेका उनले ह्यात रेजेन्सी, समिट ग्रूप होटल एण्ड रिसोर्टमा काम गरे । दुई दशकभन्दा लामो समय पर्यटन उद्योगमा समय विताएका शाहले काठमाडौंको अग्रगामी पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्स लिमिटेडको महाप्रबन्धकको रूपमा सात वर्ष काम गरे जहाँ उनले आफ्नो सफल छाप छाडे । उनको दूरदर्शी नेतृत्वमा चन्द्रागिरि हिल्सले नेपालको पर्यटन परिदृश्यमा आफ्नो स्थान उचाल्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रतिष्ठित गन्तव्यमा परिणत भएको छ ।
पर्यटन उद्योगमा ठूलो योगदान पुर्याएका शाहले भारतको पर्यटन विकास निगमबाट सन् २०१९ मा प्रतिष्ठित “वर्षको सबैभन्दा युवा महाप्रबन्धक“ पुरस्कार प्राप्त गरेका छन् । यसबाहेक, पर्यटन र आतिथ्य उद्योगमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई सर्टिफिकेट वर्ल्ड बुक अफ रेकर्ड, लन्डनमार्फत अन्तर्राष्ट्रिय मान्यता प्रदान गरियो । यस्तै शाहलाई नेपाल सरकारले राष्ट्रको लागि उत्कृष्ट सेवाको कदर गर्दै प्रबल जनसेवा श्री पदकबाट सम्मानित गरेको थियो ।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...












