२९ वर्षपछि एमाले अध्यक्ष ओली प्यूठान जाँदै, नौबहिनी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्यूठान जाँदैछन्।
नौबहिनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न ओली प्यूठान जान लागेका हुन्।
एमाले पोलिटब्युरो सदस्य एवं सांसद सूर्य थापाका अनुसार अध्यक्ष ओलीले असोज २८ गते बिहान स्वर्गद्वारी आश्रम मन्दिरमा दर्शन र पूजाआजामा सरिक हुने कार्यक्रम तय भएको छ ।
त्यसपछि प्युठानीहरूसँग आयुष्मा होटल बिजुवारमा भेटघाट तथा सम्बोधन गर्नेछन् । त्यसपश्चात् वाहनेमा नौबहिनी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, आज दिउँसो १ बजे नौबहिनी गाउँपालिका-६, बाहानेमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्ने कार्यक्रमको तय भएको नौबहिनी गाउँपालिका अध्यक्ष डिलबहादुर थापाले जानकारी दिए। थापाका अनुसार कार्यक्रमकाे सम्पूर्ण तयारी पूरा भइसकेकाे छ।
समुद्घाटन कार्यक्रममा अध्यक्ष ओलीसहित प्रतिनिधिसभा सदस्य सूर्य थापा, नेकपा एमाले जिल्ला इन्चार्ज नरुलाल चौधरी, नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कर्णेल, लुम्बिनी प्रदेश सरकारका पूर्व कृषिमन्त्री तथा प्यूठान जिल्ला प्रदेशसभा क्षेत्र न.१ का सदस्य तुल्सीराम शर्मालगायत कार्यक्रममा सहभागी हुने बताइएको छ।
यसअघि ओली पोलिटब्यूरो सदस्य हुँदा पार्टीको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्न २०५२ पुसमा प्युठान गएका थिए ।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...












