इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुनेछः अमेरिकी राष्ट्रपति बाइडेन
एजेन्सि । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजामाथि कब्जा गर्नु ठूलो गल्ती हुने बताएका छन् ।
एक अन्तर्वार्तामा इजरायलको गाजा कब्जा नीतिलाई अमेरिकाले समर्थन गर्छ भनेर साेधिएकाे प्रश्नकाे जवाफमा अमेरिकी राष्ट्रपतिले भने, ‘ठूलो गल्ती हुनेछ ।’
बाइडेनले भने, ‘हमास र हमास चरमपन्थीहरूले सबै प्यालेस्टाइनी जनताको प्रतिनिधित्व गर्दैनन्, र मलाई लाग्छ कि इजरायलले गाजालाई पुन: कब्जा गर्नु गल्ती हुनेछ ।’
आइतबार राति प्रसारित यस अन्तर्वार्तामा उनले भने, ‘यद्यपि, गाजाभित्र जानु र अतिवादीहरूलाई बाहिर निकाल्नु महत्त्वपूर्ण काम हो ।’ उनले इजरायलले युद्धको नियम अन्तर्गत काम गर्नेछ भन्नेमा आफू विश्वस्त रहेकाे पनि बताए ।
बाइडेनले हमासबाट आफ्नो रक्षा गर्नु इजरायलको अधिकार र कर्तव्य रहेकाे कुरा बारम्बार दाेहाेर्याए । एक साताअघि उनले हमासको आक्रमणलाई ‘दुष्ट कार्य’ भनेका थिए ।
गत साता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन पनि इजरायललाई आफ्नो समर्थन व्यक्त गर्न तेलअभिभ पुगेका थिए।
इजरायलले ११ लाख मानिसलाई उत्तरी गाजाबाट दक्षिणी गाजामा जान निर्देशन दिएको छ । इजरायली सेनाले गाजामा भीषण आक्रमण गर्न सक्ने अनुमान गरिएको छ ।
Comments
अरु समाचार
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...












