त्रिदेशीय ट्वान्टी–२० श्रृङ्खलाका लागि नेपाली राष्ट्रिय टिम घोषणा,सन्दिप लामिछानेले नखेल्ने
काठमाडौं । नेपालको घरेलु मैदानमा हुने त्रिदेशीय ट्वान्टी–२० श्रृङ्खलाका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ । नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले सोमबार रोहीत पौड्यलको कप्तानीमा १८ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् ।
उक्त श्रृङ्खलामा नेपालका बलर ललितनारायण राजवंशीले पनि पुनरागमन गरेका छन् । क्लाभिकल बोन (ब्युटी बोन) फ्र्याक्चरका कारण ललित यसअघि टिमबाट बाहिर थिए । चोटका कारण उनले चीनमा भएको १९औँ एसियाली खेलकुद गुमाएका थिए ।
घरेलु मैदानमा हुने श्रृङ्खलाको पहिलो खेलमा नेपाली टिमले कार्तिक १ गते यूएईसँग खेल्ने छ भने, कार्तिक २ गते र ४ गते हङकङसँग खेल्ने तालिका रहेको छ ।
नेपालले कार्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्ने छ । यूएई र हङकङ भने कार्तिक ५ र ८ मा भिड्ने छन् ।
शृङ्खलाको लिगका शीर्ष दुई टिम उपाधिका लागि भिड्ने छन् । शृङ्खलाको फाइनल कार्तिक १० गते हुने छ ।
प्रतियोगिताको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुने छ । अन्य खेलहरू मूलपानी क्रिकेट मैदानमा हुने छन् ।
नेपालले आईसीसी विश्वकप ट्वान्टी–२० एसिया क्षेत्र छनोटको तयारीस्वरूप यो शृङ्खला आयोजना गर्न लागेको हो ।
नेपाली टिममा
रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भन्डारी, लोकेश बम, सूर्य तामाङ, मौसम (श्याम) ढकाल रहेका छन् । यो प्रतियोगितामा नेपालका स्पिन बलर सन्दिप लामिछानेले नखेल्ने भन्दै केही समय अघि राष्ट्रिय टिमबाट नाम फिर्ता लिएका छन् ।
Comments
अरु समाचार
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...












