एनआरएनए सम्मेलनमा चन्द्र ढकालको प्रस्ताव – अब कुरा होइन, काम थालौं
काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका असंख्या सम्भावनाहरू रहेको बताएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएन)को विश्व सम्मेलन तथा ११औं महाधिवेशनमा उनले यस्तो बताएका हुन् । ‘जुनसकै भूगोलमा रहेको भए पनि त्यहाँ आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपालमै ल्याउनुहोस र यहीँ काम गरौं,’ उनले भने, ‘देशमा लगानीको वातावरण नभएको होइन, छ । जस्तो कि यहाँहरूलाई पक्कै पनि सूचना छ नवलपुरमा मौलाकालिका र बुटवलमा लुम्बिनी केबलकार प्रोजेक्ट हामीले वर्ष दिनभित्र सकेर अप्रेसनमै ल्यायौं । लगानी गर्दा यहाँ काम गर्न सकिन्छ भन्ने यो र अरू पनि उदाहरणहरू हामीसँग छन् ।’
अब कुरा गरेर बस्ने मात्रै नभएर काम थाल्ने समय आएको उनले बताए । ‘यहाँहरूसँग सहकार्य गर्न हामी पनि आतुर छौं । जस्तो कि कतिपय यस्तो काम हामीले जोइन्ट भेन्चरमा गरेका पनि छौं । तर त्यो पर्याप्त छैन । त्यसैले यसलाई शुरूवात नै मानौं र अब ठूलै स्केलको केही गरौं,’ उनले थपे, ‘कुराहरू धेरैभए अब काम गरौं ।’
अध्यक्ष चन्द्रप्रसाद ढकालको मन्तव्य
गैर आवासयी नेपालीहरूको संस्था एनआरएनएले नेपालीका लागि नेपाली नाम दिएर अभियान शुरू गरेको पनि २० वर्ष भएछ । म पनि शुरूदेखि नै यो संस्थासँग जोडिन पाएकोमा खुसी लागेको छ । स्वदेशमा होस् या विदेशमा रहँदा, यस संस्थाका कार्यक्रम या मञ्चहरूमा मलाई पनि आमन्त्रित गर्ने गर्नुभएको छु र यहाँ आएर मैले पनि आफ्ना धारणाहरू राख्ने गरेको छु ।
आज मलाई पनि यो सम्मेलनमा आमन्त्रण गर्नुभयो र मुलुकको निजी क्षेत्रको नेतृत्वका रुपमा आज मलाई यहाँ मेरा धारणा राख्ने अवसर दिनुभयो । एनआरएनएको नेतृत्व र यो परिवार एवं संसारमा रहेका सबैलाई नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई धेरै धन्यवाद दिन चाहन्छु । नेपालको निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ तथा मेरो व्यक्तिगत तर्फबाट पनि यस सम्मेलनको पूर्ण रुपमा सफलताको कामना गर्दछु ।
यस संस्थामा आबद्ध रहनुभएका सबै नेपालीहरूको मागप्रति नेपाल सरकार सकारात्मक बन्दै गएकोमा मलाई पनि खुसी लागेको छ । जस्तो कि सरकारले गरेको गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने निर्णयको म स्वागत गर्न चाहन्छु र निजी क्षेत्रका तर्फबाट म यहाँहरूलाई धेरै बधाई पनि दिन चाहन्छु । एकपटकको नेपाली सधैँको नेपाली भन्ने धारणा अब आएर साकार भएको छ । यसलाई मैले सकारात्मक रुपमा लिएको छु ।
मलाई लाग्छ हामी नेपाली दाजुभाइ जहाँ, जेसुकै कामले र जसरी रहेको भए पनि नेपाली हौँ र सधैँ नेपाली भएरै रहन पाउनुपर्छ । तब पो हामीहरू सबैलाई नेपाली माया र माटोले तानिरहन्छ ।
आदरणीय मित्रहरू म आज यहाँ कुनै सैद्धान्तिक भाषण गर्न गइरहेको छैन । किनभने हामीले विगतदेखि धेरै कुरा गरिसकेका छौँ र मलाई लाग्छ अब काम गर्ने बेला आएको छ । हामीले हामीले विगतदेखि गर्दै आएको भाषणको प्रतिफल मैले खासै पाएको छैन ।
अब भने हामीले यो दुई दशकको अवधिमा के गर्यौँ भनेर पनि सोच्नुपर्दछ । अब एनआरएनएले नेपाली मातृभूमिमा देखाउन मिल्ने उत्कृष्ट मोडलको काम या प्रोजेक्ट कुन हो भनेर देखाउनुपर्ने दिन पनि आएको छ । अब त्यसमा जाउँ भन्ने आजका दिनमा म यहाँहरू सबैमा आग्रह गर्दछु ।
अहिलेको पुस्ता पनि कुरा होइन काम गर्न मन पराउँछ । हाम्रा सन्ततिहरूलाई पनि अब कुरा मन पर्न छोडिसक्यो । उनीहरू यो वा त्यो भयो भन्नेमा बहानामा या ‘कन्टेक्स्ट’ मा विश्वास गर्दैनन, ‘कन्टेन्ट’ चाहन्छन् । हामीले भोलिको पुस्ताका लागि पनि केही गर्नुछ, उनीहरूलाई बाटो देखाउनु छ त्यसैले अब काम नै थालौँ भन्ने मेरो आग्रह हो ।
म आज यसै मञ्चमार्फत् झण्डै दुई दशकको संस्थाको अभियानको अवसर पारेर के आग्रह गर्न चाहन्छु भने यहाँहरूले पनि यसै सम्मेलनमार्फत् एउटा कमिट गर्नुहोस्, कुनै प्रोजेक्ट नै अघि सार्नुहोस् ताकि त्यो प्रतिबद्धता अर्काे सम्मेलनसम्म आइपुग्दा सम्पन्न होस् । त्यो प्रतिबद्धता यहाँहरूले पनि यसै अवसरमा गर्नुहोस् अनि दशैँपछि काम नै थालौँ । त्यसका लागि मैले के गर्नुपर्छ, मलाई पनि काम दिनुहोस्, म पनि लागिहाल्छु ।
म त ‘एक्सन ओरिएन्टेड’ मानिस हुँ । काम थालिहाल्नुपर्छ र गर्नुपर्छ भन्ने नै मेरो ध्येय रहन्छ । विश्वका एनआरएनएले नेपालमा सुरु गर्ने विकासका काममा हामी पनि जोडिन चाहन्छौँ, हामी पनि ‘जोइन्ट भेन्चर’ गर्न चाहन्छौँ ।
यहाँहरूसँग सहकार्य गर्न हामी पनि आतुर छौँ । जस्तो कि कतिपय यस्तो काम हामीले जोइन्ट भेन्चरमा गरेका पनि छौँ । तर त्यो पर्याप्त छैन । त्यसैले यसलाई सुरुआत नै मानौँ र अब ठूलै स्केलको केही गरौँ । यहाँहरू विश्वको जुनसकै भूगोलमा रहेको भए पनि त्यहाँ आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपालमै ल्याउनुहोस र यहीँ काम गरौँ ।
देशमा लगानीको वातावरण नभएको होइन, छ । जस्तो कि यहाँहरूलाई पक्कै पनि सूचना छ नवलपुरमा मौलाकालिका र बुटवलमा लुम्बिनी केबलकार प्रोजेक्ट हामीले वर्ष दिनभित्र सकेर अप्रेसनमै ल्यायौँ । लगानी गर्दा यहाँ काम गर्न सकिन्छ भन्ने यो र अरु पनि उदाहरणहरू हामीसँग छन् ।
होलान्, लगानीका लागि कतिपय बाधा व्यवधान पनि होलान् । तर ती पनि सबै हाम्रै माटोका उपज हुन् । त्यसका लागि सबै सँगै लडौँला, जस्तो सुकै समस्या पनि समाधान गर्न सकिन्छ भनेर लागौँला । महासंघमा पनि हामीले वैदेशिक लगानी समन्वय शाखा स्थापना गरेका छौँ र अरु हिसाबले पनि हामी के सक्छौँ सहयोग गर्न सक्छौँ ।
आउनुहोस, यहाँहरूले विदेशमा सिकेको सीप तथा आर्जन गरेको ज्ञान र पुँजीलाई हाम्रै मातृभूमिमा लगाऔँ । हाम्रै माटोमा फल्छ सुन । म त विश्वस्त छु कि संसारको सबैभन्दा उर्वर छ हाम्रो माटो । यहाँहरूको लगानी यहीँ लगाइदिनुहोस, अनि खाडीमा पोख्ने पसिना नेपाली युवाले पनि हाम्रै माटोमा पोख्ने छन् । त्यसो भयो भने हामी नेपालीका लागि पनि समृद्धि धेरै टाढा हुने छैन ।
लगानीका सम्भावनाहरूका बारेमा भने मैले यहाँहरूलाई अहिले नै केही भन्नुपर्छ भन्ने मलाई लाग्दैन । हाम्रै माटो र बाटो, जल र जंगल, पाखा र पहरा हुन्, जससँग यहाँहरू आफै नै परिचित हुनुहुन्छ । त्यसैले देशको कर्णालीमा के रोप्ने र तराईमा के फल्छ भन्ने कुराको जानकारी मलाई जत्तिकै यहाँहरूलाई पनि छ । म यत्ति भन्छु, हामीसँग लगानीका असंख्या सम्भावनाहरू छन् ।
होइन भने अब यहाँहरू माथि पनि प्रश्न उठ्न सक्छ । दुई/दुई वर्षमा नेपाल आउने सम्मेलन गर्ने दशैं मनाउने अनि आफ्ना कर्मक्षेत्र तिर फर्किने मात्र काम भयो भन्ने अवस्था नहोस् । अब विचार गरौं २० वर्ष भनेको त परिपक्व उमेर हो । काम गरेरै देखाउने उमेर हो ।
हेर्नुस, आफू जन्मेको माटो सबैलाई प्यारो लाग्छ, सदैव शीतल लाग्छ । त्यसैले त यहाँहरू पनि यो सम्मेलन नेपालमै गर्ने गर्नुहुन्छ । कोरोना महामारीको समयमा हेरौं न । संसारमा रहेका हामी नेपाली कसरी आफ्नो घर सम्झिएर फर्कियौं ? हामी अहिले जहाँ भए पनि हामीले भन्ने गरेको मर्दा पर्दा चाहिने आफ्नै घर हो, आफ्नै जन्मभूमि हो । त्यसैले आफूले आर्जन गरेको पुँजीबाट पहिला आफ्नो घर बनाऔं, आफ्नो जन्मस्थल बनाऔं ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












