राष्ट्रपतिबाट माफी पाएकाे महिनादिन नबित्दै लाेकबहादुरले गरे महिलाको हत्या
काठमाडाैँ । राष्ट्रपतिबाट २६ दिनअघि कैद मिनाहा पाएर जेलमुक्त भएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ का लोकेन्द्र भनिने लोकबहादुर विक महिला हत्या आरोपमा पक्राउ परेका छन्।
मंगलबार बिहान मुसिकोट नगरपालिका– १ खलङ्गाको सत्कार होटलमा मृत फेला परेकी मुसीकोट–७ साँखकी २७ वर्षीया भावना विकको हत्या आरोपमा लोकबहादुर पक्राउ परेका हुन्।
घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेर होटलको कोठामा सिरकले छोपेको अवस्थामा मंगलबार बिहान भावनाको शव फेला परेको थियो।
घटना अनुसन्धानका क्रममा लोकबहादुर भावनाको हत्यामा संलग्न रहेको पाइएपछि ३३ वर्षीय विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका डीएसपी नमराज भट्टराईले जानकारी दिए। मृतक महिलाका पति वैदेशिक रोजगारीमा छन्।
मंगलबार साझ खलंगास्थित डेराबाटै लोकेन्द्रलाई प्रहरीले पक्राउ गरेको हो। उनले भावनाको हत्या गरेको स्वीकार गरेका डीएसपी भट्टराईले बताए।
‘उनीहरुबीच प्रेम सम्बन्ध रहेको देखिन्छ। महिलाले बिहे गर्न प्रस्ताव गरेपछि हत्या गरेको वयान लोकेन्द्रले दिएको छ,’ डीएसपी भट्टराईले भने, ‘महिलाले विवाह गरौं भन्दा विवाद बढेपछि आवेशमा आफैसँगै रहेको छुरी प्रहार गरी हत्या गरेको उसले स्वीकारेको छ।’
असोज २८ गते लोकेन्द्र र भावनाले पतिपत्नी उल्लेख गरेर होटलको कोठा बुक गरेका थिए। मंगलबार बाहिरबाट ढोका बन्द भएको देखेर शंका लागेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। ताला खोलेर हेर्दा महिला मृत अवस्थामा फेला परेकी थिइन्।
प्रहरीले तालिमप्रप्त कुकुरको सहायतामा अनुसन्धान गर्दा लोकेन्द्र दोषी देखिएका डीएसपी भट्टराईले बताए।
लोकबहादुर बहुविवाह मुद्दामा जेल परेका थिए। रुकुम पश्चिम जिल्ला अदालतले उनलाई ११ महिना कैद तोकेको थियो। उनकी पहिली पत्नी वैदेशिक रोजगारीमा गएपछि उनले दोस्रो विवाह गरेका थिए।
बहु विवाह मुद्दामा ६ महिना कैद भुक्तान गरेका लोकबहादुरलाई गएको असोज ३ गते संविधान दिवसका अवसरमा सरकारले सजाय माफी दिएको थियो।
कारागारमा रहँदा पनि भावनाले लोकेन्द्रलाई भेट्न जाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरुबचि अनैतिक सम्बन्ध र आर्थिक लेनदेन रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट धारिलो चक्कु, चक्कुको खोल, नगद ८५ हजार ८३५ रुपैयाँ र लोकबहादुरको मोबाईल समेत बरामद गरेको छ।
प्रहरीका अनुसार भावना गत बर्ष भएको स्थानीय तह निर्वाचनको बेला म्यादी प्रहरीमा भर्ना भएर सानीभेरी गाउँपालिका क्षेत्रमा खटिएकी थिइन्। सानीभेरी ९ सिम्लीमा लोकबहादुरले होटेल सञ्चालन गरेका थिए। सोही होटलमा म्यादी प्रहरीले खाना खाने क्रममा उनीहरु नजिकिएका प्रहरीले जनाएको छ।
राष्ट्रपतिबाट आम माफी पाएर छुट्टुअघि लोकबहादुरले बहुविवाह मुद्धामा रुकुम कारागारमा कैद भुक्तान गरिरहेका थिए। उच्च अदालत सुर्खेतले २०७६ जेठ ९ गते उनलाई एक वर्ष कैद सजाय सुनाएपछि २०७९ फागुन १४ गते उनी कैद परेका थिए।
२०८० माघ १९ गते कैदमुक्त हुनुपर्ने लोकबहादुरलाई ७ महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन भएको भन्दै सरकारको सिफारिसमा राष्ट्रपतिले आम माफी दिएका थिए।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेकाे आयोगको औपचारिक घोषणा
काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख रामप्रसाद...
-
खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन
काठमाण्डौ । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र...
-
उत्साहपूर्वक मतदान जारी, ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि...
-
काठमाडौंमा मतदान गरेर हेलिकोप्टरबाट झापा गए बालेन
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि...
-
प्रधानमन्त्री कार्कीले धापासी मतदान केन्द्र पुगेर गरिन् मतदान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार बिहानै काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी...
-
प्रतिनिधिसभा निर्वाचन : छमध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान...
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...











