किसानलाई अलैंची टिप्न चटारो, बगानमै मनाए दसैं
काठमाडौँ । नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। तर ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैंची बगानमै दसैं मनाएका छन्।
घरबाट टाढा रहेको बगानमा अलैंची टिप्न आएका किसान कामको चटारोले गर्दा घर जान पाएनन्। घरबाट निस्किएका फक्ताङलुङ गाउँपालिका–६ फेम्बूका विर्खबहादुर लिम्बू अलैंची बगानदेखि घर फर्किएका छैनन्। फक्ताङलुङ गाउँपालिका–५ ओखरबाटेको अलैंची बगानमा उनको दिनचर्या बितिरहेको छ। अहिले लिम्बूको परिवार नै बगानमै छन्। दैनिक आठदेखि १२ खेताला लगाइरहेका उनले यस वर्षको दसैं पनि यही बगानमा मनाए।
फक्ताङलुङ–५ तामावाका पूर्ण लिम्बू पनि अलैंची बगनमै दसैं मनाए। एक बगानदेखि अर्को बगानमा सरदा पूजापाठ गरेरमात्र टिपाइ सुरु गर्ने चलन छ। उनले मङ्गलबार अलैंची बगानमा पूजापाठ गरे। पूजा गर्दा कुखुराको भाले चढाउनुपर्ने हुन्छ। उनले भाले चढाएर ओखरबोटेको अलैंची बगान टिपाइ सुरु गरेका छन्। पूजा गर्ने बर्सेनिको चलन छ। बगानमा अलैंची टिप्न, छोडाउन र सुकाउन धमाधम भएकाले उनको परिवार दसैंमा घर फर्कन नपाएको हो।
सुकाइसकेपछि बल्ल बगानको काम सकिन्छ। त्यसैले दसैंका बेला पनि अलैंची बगनमै बस्नु परेको उनले बताए। चाडबाड जहाँ, जसरी पनि मनाउनुपर्ने भएकाले आफूहरूले कुखुराको भाले खाएर दसैं मनाएको लिम्बूले सुनाए। सिरिजङ्गा–६ मामाङ्खेका हर्क लिम्बूले पनि यस वर्ष टीका लगाउन पाएन। बगानमा धमाधम काम भएकाले घर जानै सकेनन्। ठूलो बगानमा टिपिरहेका उनी तिहारअघि नै काम सकेर फर्कने तयारीमा छन्।
मेरिङदेन गाउँपालिका—५ नाल्बुका विमना लिम्बूले केही समयअगाडि आफ्नो परिवारका लागिमात्र खाना बनाथिन्। तर अहिले अलैंची टिपाइ सुरु भएसँगै खेतलाका लागि उनी बिहान खाजा बनाउ र खाना बनाउनमा व्यस्तता बढेको छ। छरछिमेकमा खेतला नपाइने भएकाले लिम्बूको अलैंची बगानमा धेरै टाढाबाट अलैंची टिप्ने मजदुर बोलाउनु भएका छन्। अलैंची टिप्ने खेतलाहरुलाई बिहान खाजा दिएर बिहानको समयमा बगानमा अलैंची टिप्ने जाने गर्दछन्। बिहानको १० बजे खान खान समय हुन्छ। आँखा देखुन्जेलसम्म बेलुका अलैंची बगानमै टिप्ने गर्दछन्। साँझबिहान बगानमै बसेर अलैंची टिप्ने मजदुरलाई पाँच सयदेखि ६ सय ५० रुपैयाँ ज्याला दिनु पर्दछ।
यी त भए केही प्रतिनिधि पात्रमात्र हुन्। जिल्लाका प्रायः किसान यति बेला अलैंची भित्र्याउने ध्याउन्नमा छन्। औलमा टिपिसकेको भए पनि मध्य र लेकाली क्षेत्रमा यति बेला धमाधम टिप्ने र सुकाउने काम भइरहेको छ।
अलैंची टिप्ने मजदुर पाउनै गाह्रो
विगतका वर्षमा गाउँघरमा अलैंची टिप्नका लागि छरछिमेकीबीच अर्मोपर्मो गरिन्थ्यो। एक छिमेकीको बगानमा टिपाइसकेर अर्को छिमेकीको बगान टिप्ने गरिन्थ्यो। तर, बिस्तारै यो प्रचलन लोप हुँदै गएको छ। अलैंची खेती हुने क्षेत्रमा प्रायः सबै गाउँलेको अलैंची बगान छ। आफ्नो बगानमा आफैँले टिप्न सकिँदैन। समयमै टिप्न नसक्दा जङ्गली जनावरले पाकेको फल खाइदिने गर्छन्। त्यसका लागि समयमै टिपेर भित्र्याउनु पर्छ। तर, विगतका वर्षमा जस्तो खेताला पाउन छोडेको फक्ताङलुङ गाउँपालिका—५ का अलैंची किसान कुमार राईले बताए।
उनले भने, ुआजभोलि खेताला पाउनै गाह्रो छ। गाउँभरि पैसा बोके खेताला खोज्दा पनि पाइँदैन। सबैलाई आफ्नै बगानमा टिप्न भ्याइनभ्याई हुन्छ।ु गाउँका केही युवा वैदेशिक रोजगारीमा गएकाले पनि खेताला पाउन मुस्किल हुँदै गएको सिदिङवा गाउँपालिका—४ कृषक अनिता लिम्बूले बताइन्।
केही वर्ष अगाडि सीमित क्षेत्रमा मात्र अलैंची खेती गरिन्थ्यो। तर, सात वर्ष पहिला अलैंचीको बजार मूल्य एक लाख २० हजार रुपैयाँसम्म पुग्यो। राम्रो बजार मूल्य पाएको वर्षदेखि अलैंची बगान विस्तार हुन थाल्यो। केही वर्ष अगाडि सहायक खेतीका रूपमा अलैंची खेती गरिन्थ्यो। अलैंचीले राम्रो बजार मूल्य आएसँगै पुर्ख्यौली खेतीपातीका रूपमा गर्दै आएको धान, मकै, कादो जस्ता प्रमुख अन्न खेती हुने जमिनमा पनि किसानले अलैंची खेती विस्तार गरेका छन्। अलैंचीको राम्रो बजार मूल्य पाएसँगै वैदेशिक रोजगारीमा जान तम्सिएका युवाहरू खेती गर्न आकर्षित भएका छन्।
वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेकाहरू पनि फर्किएर गाउँमै अलैंची खेती गर्न थालेका छन्। विस्तारै जिल्लामा अलैंची बगानको विस्तार हुन थालेको कृषि ज्ञान केन्द्र कार्यालय ताप्लेजुङले जनाएको छ किसानका अनुसार जिल्लामा तीन चरणमा अलैंची टिप्ने गरिन्छ। औल अर्थात् एक हजार दुई सय मिटरसम्मको उचाइमा लगाइएको अलैंची भदौ पहिलो सातादेखि नै टिप्ने गरिन्छ।
यस्तै, एक हजार दुई सयदेखि एक हजार आठ सयसम्मको उचाइमा गरिएको अलैंची खेतीमा असोज पहिलो सातादेखि टिप्न सुरु गरिन्छ। एक हजार आठ सयदेखि माथि लेक क्षेत्रमा कात्तिकदेखि अलैंची टिप्ने गरिएको किसानको भनाइ छ। ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफल बराबरमा अलैंची खेती गरिँदै आएको छ। उक्त खेतीबाट दुई हजार पाँच सय मेट्रिक टन अलैंची उत्पादन हुने गरेको तथ्याङ्क रहेको छ। यस वर्ष अलैंचीको मूल्य पनि राम्रो आएकाले अलैंची किसान उत्साहित भएका छन्।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












