भूकम्पमा घाइते भएका सबैको उपचार सरकारले निःशुल्क गर्ने
काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुकाे सम्पूर्ण उपचार नि:शुल्क गर्ने भएकाे छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठक स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले जतिठूलाे उपचार भएपनि नि:शुल्क हुने बताए ।
उनले भने- सबै अस्पतालमा निःशुल्क उपचारका लागि सबै अस्पताललाई भनेका छौँ । उपचार निःशुल्क हुन्छ जति ठूलो उपचार भए पनि ।
यस्तै बैठकमा भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुन निर्माणका विषयमा छलफल भएको छ ।
मन्त्री मोहन बस्नेतले २०७२ सालको भूकम्पपछि भएका नीतिगत र व्यवहारिक कमीजोरीहरुलाई सच्याउँदै राहत र पुननिर्माणको काम अगाडि बढाइने बताए ।
उनले विगतमा भन्दा अहिले राहत रकम पनि बढाएर दिने विषयमा छलफल भएको बताएका छन् । तर आजको बैठकले कति रकम दिने भन्ने विषयमा भने निर्णय गर्न सकेन ।
उनले भने,-पहिलाको भन्दा बढी भन्ने विषयमा छलफल भइरहेको छ । ०७२ सालमा गरेको गल्तीलाई सुधार गरेर इम्प्रुभ गर्ने भन्ने छ ।
यस्तै बैठकमा खाद्यान्न र बसोबासका लागि तत्काललाई व्यवस्थापन गर्ने आवश्यक सामग्रीहरू तीन भित्र घटनास्थलमा पुर्याएर कुनै पनि कुराको कमी हुने नदिने गरी सरकारले काम गर्ने उनले बताए ।
त्यसै गरी छिमेकी देशहरूले दिने सहयोगका विषयमा सरकारले मापदण्ड बनाएर लागू गरेपछि मात्रै लिने भन्ने विषयमा पनि छलफल भएको उनले बताए ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












