नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य, गुल्सन र रोहितको अर्धशतक
काठमाडौं । कप्तान रोहितकुमार पौडेल र गुल्सनकुमार झाको अर्धशतकप्रेरित नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गुल्सन र रोहितले अर्धशतक बनाएपछि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रनको योगफल खडा गर्यो ।
कमजोरस्थितिमा रहेको नेपालको रन उकास्ने क्रममा गुल्सनले २५ बलमा ५४ रनको योगदान गरे। गुल्सनले ५ चौका र ४ छक्का प्रहार गर्दा नेपालको रन स्कोर बढेको थियो। उनले पाँचौ विकेटका लागि कप्तान रोहित कुमार पौडेलेसँग ७८ रनको साझेदारी गरे।
गुल्सन दशौं ओभरमा कुशल मल्ल ३ रनमा आउट भएपछि मैदान छिरेका थिए। मल्ल आउट हुँदा नेपालले ४ विकेटको क्षतिमा ६० रन जोडेको थियो।
गुल्सनसँगै कप्तान रोहित पौडेलको अर्धशतक पनि नेपालका लगि महत्वपूर्ण सावित भयो। रोहितले नटआउट ५२ रन जोडे। उनले ३७ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
यस्तै करण केसीले नटआउट २० रन जोडे। करणले ५ बलमा १ चौका र २ छक्का प्रहार गरे। नेपालले अन्तिम ओभरमा ओमानका फयज बटलाई २४ रन प्रहार गरेको थियो।
पहिलो १० ओभरमा ६० रन जोडेको नेपालले पछिल्लो १० ओभरमा १२४ रन जोडेको थियो।
नेपालले ८ ओभर नसकिदै महत्वपूर्ण ३ विकेट गुमायो। ओपनिङ ब्याटर आसिफ शेख तेस्रो ओभरमा विलाल खानको बलमा ६ रनमा क्याच भए।
सातौं ओभरमा सन्दीप जोरा १० रनमा जीशन मक्सुदबाट बोल्ड भए। आठौं ओभरको पहिलो बलमा नेपालले ओपनर कुशल भुर्तेललाई ३१ रनमा गुमायो। अकिब इल्यासको बलमा क्याच हुनुअघि उनले २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
विवेक यादवले १९औं ओभरमा छैटौं विकेटको रुपमा आउट हुनुअघि १ रन मात्र जोड्न सके।
बलिङमा ओमानका विलाल खानले ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए। दुवै टिमले यसअघि सेमिफाइनल जित्दै आगामी वर्ष वेस्ट इन्डिज र अमेरिका हुने टी-२० विश्वकपमा स्थान पक्का गरेका थिए।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












