सत्ताधारी कम्युनिस्ट कमिसन खाने र अर्बौँ कमाउने मात्र भएः झलनाथ खनाल
काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले कम्युनिस्ट सत्ताधारीहरू कमिसन खाने र रातारात खर्बौँ कमाउने धन्दामा लागेको आरोप लगाएका छन् । त्यस धन्दामा अहिलेको सत्ताधारी मात्र नभई २०४६ देखिकै सरकार लागिपरेको उनले आरोप लगाए ।
‘कम्युनिस्ट सत्ताधारीले कमिसन खाने, रातारात खर्बौँ कमाउने र देशलाई उपभोक्ताको रूपमा रूपान्तरण गरी अन्तर्राष्ट्रिय कम्पनीको बजार बनाउने काम भएको छ । अहिलेको सत्ता मात्र नभई ०४६ देखि नै यही भइरहेको छ ’खनालले भने। मुलुकको समस्या समाधानको उपाय पहिलो वाम एकता, दोस्रो प्रगतिशील सुधारको वृहत् प्याकेज, त्यसलाई कार्यान्वयन गर्ने प्रगतिशील सरकार र त्यसको आधारमा राष्ट्रिय एकता आवश्यक रहेको उनको भनाई छ ।
यस्तै कर्णाली प्रदेशका भूकम्पपीडितहरूको राहत, उद्धार र पुननिर्माणमा देश विदेशबाट व्यापक राहत आए पनि सम्बन्धित ठाउँमा नपुगेको खनालले आरोप लगाए । ‘सरकारले प्रभावकारी ढङ्गले राहत वितरण र उद्धारको काम गर्नुपर्थ्यो, सकेन । यो अत्यन्त दुःख र बिडम्बनाको कुरा हो । देश विदेशबाट धेरै राहत आएका छन्, ती कहाँ गए’, सरकारमाथि प्रश्न उठाउँदै उनले भने, ‘प्रभावित क्षेत्रमा राहत पुग्नुपर्ने ठाउँमा नेताहरूको मात्रै लर्को भयो । राहत केही पुगेन ।’
प्रभावित जिल्लामा चिसो बढेकाले तत्काल पीडितहरूलाई राहत, त्रिपाल, लत्ताकपडाको व्यवस्था गर्न उनले सरकारसँग माग गरे । २०७२ को भूकम्पबाट पाठ सिकेर सरकारले पहिल्यै देखि नै बजेटमा व्यवस्था गर्न सरकार चुकेको उनको भनाइ थियो । उनले पहाडी र तराई क्षेत्रमा जति पनि परम्परागत घर बनेका छन्, ती घरहरूलाई भूकम्प प्रतिरोधी बनाउर्नेमा जोड दिए । यसलाई अभियानकै रूपमा सरकारले आगामी दिनमा योजना नबनाए भूकम्पले ठुलो जनधनको क्षति व्यहोर्ने उनले चेतावनी दिए ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












