विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भारत र न्युजिल्याण्ड खेल्दै
खेल दिउँसो सवा २ बजे वाङखडेमा शुरु हुने
काठमाण्डौ । भारतमा चलिरहेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आजदेखि सेमिफाइनलको खेल शुरु हुँदैछ । पहिलो सेमिफाइनलमा आज आयोजक भारत र न्युजिल्याण्ड खेल्दैछन् । यो खेल दिउँसो सवा २ बजे वाङखडेमा शुरु हुनेछ । जारी विश्वकपमा भारत अपराजित टोली हो ।
न्युजिल्याण्डले नौ मध्ये पाँच खेल जितेर चौथो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । चार वर्ष अगाडिको विश्वकपमा भारत सेमिफाइनलमै रोकिएको थियो । त्यो पनि न्युजिल्यान्डसँग हारेर । त्यस्तै सन् २०२१ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि न्युजिल्यान्डले भारतलाई हराएको थियो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अष्ट्रेलिया भोलि खेल्नेछन् । यो खेल पनि दिउँसो सवा २ बजे इडेन गार्डेनमा शुरु हुनेछ । नौमध्ये सात खेल जितेको दक्षिण अफ्रिका दोस्रो र नौ खेलमा सातवटा नै खेल जितेको अष्ट्रेलिया रनरेटका आधारमा तेस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । फाइनलमा पुग्ने २ टोलीले उपाधिका लागि नोभेम्बर १९ अर्थात् मंसिर ३ गते आइतवार खेल्नेछन् ।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












