विश्वकप क्रिकेट : भारत र अष्ट्रेलियाबिचको फाइनल अहिलेसम्मकै भव्य हुने
काठमाडौं। भारतमा जारी पुरुष विश्वकप क्रिकेट २०२३ अन्तर्गत आयोजक भारत र अष्ट्रेलियाबिचको फाइनल खेलको आयोजना अहिलेसम्मकै भव्य हुने भएको छ ।
आइतबार भारतको अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा मध्यान्न १२ः४५ बजेबाट सुरु हुने क्रिकेट विश्वकपको खेल उद्घाटन इन्डियन एयरफोर्सले आफ्नो प्रस्तुति दिनेछन् । फाइनलको उद्घाटन समारोहमा गायक तथा सङ्गीतकार प्रितमको पनि प्रस्तुति रहनेछ ।
प्रधानमन्त्री नरेन्द्र मोदी आफै उपस्थित रहने प्रतियोगिताको फाइनल खेल अघि हुने समारोहमा पहिलो विश्व विजेता कप्तानलाई सम्मान गर्नेछन् भने बीसीसीआईले हालसम्म क्रिकेट विश्वकप जित्ने सबै कप्तानलाई सम्मान गर्नेछ ।
सम्मानको क्रममा प्रितमको लाइभ पर्फमेन्सको साथै करिब ५ सय कलाकारले नित्य प्रदर्शन गर्नेछन् र उनीहरूले जितेको पललाई रिल बनाएर २० सेकेन्ड ठुलो पर्दामा देखाइने छ ।
प्रतियोगिता भारतीय वायुसेना द्वारा १० मिनेटको एयर शो सँग १२स्४५ बजे सुरु हुनेछ। यस समयमा, आईएएफ को सूर्य किरण टोलीले स्टेडियम माथि स्टन्ट प्रदर्शन गर्नेछ ।
यो प्रदर्शन फ्लाइट कमान्डर र डेपुटी टीम लिडर विङ कमान्डर सिद्धेश कार्तिकको नेतृत्वमा हुनेछ। पहिलो पटक भारतीय वायुसेनाले यस्तो प्रतियोगितामा प्रदर्शन गर्न लागेको हो ।
यो एयर शो को लागी कुनै शुल्क लाग्ने छैन। बीसीसीआईले मस्यौदा पत्रलाई रक्षा मन्त्रालयमा अनुमोदनका लागि बुझाउनुपर्नेछ। सूर्य किरणको टोली अहमदाबाद एयर शो गर्नेछ । यी सबै तयारी सम्पन्न भैसकेका छन् ।
हाफ टाइम पर्फरमेन्स साँझ ५ः४५ मा १५ मिनेटको लागि हुनेछ । सो समय परेड अफ च्याम्पियन अन्तर्गत पहिलो पटक वर्ल्डकप जित्ने कप्तानलाई सम्मान गरिने छ ।
भारतका चर्चित संगीतकार प्रीतमको प्रत्यक्ष प्रस्तुति हुनेछ । यस अवधिमा रंगशालामा करिब ५ सय नर्तकहरूले पनि प्रस्तुति दिनेछन्। संगीतकार प्रितमले देवा हे देवा, केसरीया, नगडा नगडा लगायतका गीतमा प्रस्तुति दिनेछन् ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












