विश्वकप क्रिकेट: फाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दै
काठमाडौं । भारतमा जारी विश्वकपको फाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन्। भारतको अहेमदाबादमा घरेलु टोली र अस्ट्रेलिया विश्वकप उपाधिका लागि आमने–सामने हुन लागेका हुन्। भारतको लक्ष्य अस्ट्रेलियालाई छैटौं पटक उपाधि जित्नबाट रोक्दै आफू तेस्रो पटकको विश्वकप विजेता बन्ने छ।
प्याट क्युमिन्सको टोली भने रोहित शर्माको टोलीलाई घरेलु मैदानमा हराउँदै उपाधि उचाल्ने मौका कुरिरहेको छ। सन् २०११ महेन्द्रसिंह धोनीको कप्तानीमा दोस्रो पटक विश्वकपमा उठाएको भारतले त्यसयता फाइनलमा स्थान बनाउन सकेको थिएन। २०१५ उपाधि जितेको अस्ट्रेलियाको त्यसयता यो पहिलो फाइनल हो।
साउथ अफ्रिकामा सन् २००३ पछि यी दुई टोली पहिलोपटक फाइनलमा भेट हुँदैछन्। भारतीय टिमलाई त्यसबेलाको हारको बदला लिन यो उपयुक्त अवसर हुन सक्छ, त्यो पनि लाखौं घरेलु दर्शकलाई साक्षी बनाएर।
दुई टोलीको फाइनल यात्रा
अस्ट्रेलियाले अहिलेसम्म सात फाइनल खेलेको छ। जसमा पाँच पटक उपाधि जित्न सफल भयो भने दुई पटक उपविजेतामै चित्त बुझाउन बाध्य भयो। सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको अस्ट्रेलिया १९७५ को पहिलो विश्वकपमा वेस्ट इन्डिज र १९९६ मा श्रीलंकासँग फाइनलमा चुकेको थियो। सबैभन्दा बढी फाइनल खेल्ने र सर्वाधिक पाँच पटक उपाधि जित्ने टोली पनि अस्ट्रेलिया नै हो।
त्यस्तै, तीन पटक फाइनल खेलेको भारतले सन् १९८३ र २०११ मा उपाधि जितेको थियो। २००३ मा भारतले फाइनलमा १२५ रनको लज्जास्पद हार व्यहोरेको थियो। घरेलु टोलीको स्लोगन ‘तीनका ड्रिम’ पूरा गरेर पुरानो बदला चुक्ता हुने आशामा घरेलु टोलीका समर्थक आशावादी छन्।
भारत र अस्ट्रेलियाको लय
भारतले जारी विश्वकपमा सबै खेल जितेर फाइनलमा पुगेको हो। भारतीय खेलाडीहरु उच्च लयमा रहेका छन्। भारतले समूह चरणका नौ खेल जित्दै सेमिफाइन यात्रा तय गरेको थियो। सेमिफाइनलमा पनि भारतले आफ्नो उच्च लय जारी राख्दा न्यूजिल्याण्डलाई सहजै पराजित गरेको थियो।
समूह चरणको दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग हार व्यहोरको अस्ट्रेलियाले त्यस यताका आठ खेलमा लगातार जित निकालेर फाइनलमा पुगेको हो। समूह चरणमा दक्षिण अफ्रिकासँग हारेको बदला अस्ट्रेलियाले सेमिफाइनलमा लियो। समूह चरणको पहिलो खेलमा भारतसँगको ६ विकेट हारको बदला लिन अस्ट्रेलियाको लागि फाइनलमा अवसर हुनेछ।
हेड टू हेड
समग्रमा अस्ट्रेलियासँग भारतको भेट सुखद छैन। १५० वटा भेटमा भारतले अस्ट्रेलियासँग ८३ खेलमा हार व्यहारेको छ। यो भन्दाअघि यी दुई टोलीको विश्वकपमा १३ पटक भेट भएको छ। ती भेटमा भारत आठ पटक पराजित भएको छ भने अस्ट्रेलिया पाँच पटक पराजित भएको छ। तर यस वर्ष भएको सात खेल मध्ये चार खेल भारतले जितेको छ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












