युरोकप २०२४ को छनोटमा फ्रान्सले जिब्राल्टरमाथि कीर्तिमानी जित
काठमाडौं । युरोकप २०२४ को छनोटमा फ्रान्सले जिब्राल्टरमाथि कीर्तिमानी जित निकालेको छ ।
समूह बी अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्सले जिब्राल्टरलाई १४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।
केलिएन एमबाप्पेले ह्याट्रिक गरेको खेलमा फ्रान्सका ९ फरक खेलाडीले गोल गरे । यस्तै जिब्राल्टरका खेलाडीले एक आत्मघाती गोल पनि गरे ।
फ्रान्सले दुवै हाफमा ७/७ गोल गरेको थियो । फ्रान्सको फुटबल इतिहासमा यो सबैभन्दा ठूलो जित हो ।
खेलको तेस्रो मिनेटमै एथान सान्तोसले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता लियो । लगत्तै चौथो मिनेटमा मार्कुस थुरामले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । वारेन जयर एमेरीले १६औं मिनेटमा फ्रान्सका लागि तेस्रो गोल गरे ।
१८औं मिनेटमा सान्तोसले रातो कार्ड पाएपछि जिब्राल्टर दश खेलाडीमा समेटियो । त्यसको फाइदा फ्रान्सले उठायो र ११ गोल थप्यो ।
जसमा एमबाप्पेले ३०औं, ७४औं र ८२औं मिनेटमा गोल गरे । जोनाथन क्लसले ३४औं, किंग्सले कोमनले ३६औं र ६५औं, युसुफ फोफानाले ३७औं, एड्रिएन राबिओटले ६३औं, उसमान डेम्बेलेल ७३औं तथा ओलिभर जिरुडले ८९औं मिनेट र इन्जुरी टाइममा गोल गरे ।
फ्रान्सले खेलमा ३९ सट प्रहार गर्दा जिब्राल्टरले एक पनि प्रहार गर्न सकेन । फ्रान्सका वारेन जएर इमेरी फ्रान्सका लागि खेल्नै सबै भन्दा युवा खेलाडी बने । उनले १७ वर्ष ८ महिना ११ दिनको उमेरमा खेल्दै कीर्तिमान बनाए ।
यसअघि नै अर्को वर्ष जर्मनीमा हुने युरोकपमा स्थान बनाइसकेको फ्रान्सले समूह बी मा ७ खेलबाट २१ अंक जोडेर शीर्ष स्थानमै कायम छ । लगातार ७ खेल हारेको जिब्राल्टर अंकविहीन छ ।
Comments
अरु समाचार
-
इंग्लिस प्रिमियर लिगः फुलहम, लिभरपुल, एस्टोन भिल्ला, बर्नमाउथ र म्यानचेस्टर युनाइटेड विजयी
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहम, लिभरपुल, एस्टोन भिल्ला, बर्नमाउथ र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । गएराति भएको...
-
इजरायलमा लडाई जारी, प्रधानमन्त्री भने भ्रष्टाचारको मुद्धामा अदालतमा
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ शुरु भएको छ । गाजापट्टीमा हमाससँगको युद्धका बावजुद हिजोदेखि उहाँको...
-
नेपाल सुपर लिगमा आज ललितपुर सिटी र वीरगञ्ज युनाइटेड भिड्ने
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणमा आज ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।...
-
आईपीएल- २०२४ : ११ सय ६६ खेलाडीको नाम दर्ता, नेपाली खेलाडी पर्लान् अक्सनमा?
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को अक्सनमा ११ सय ६६ खेलाडीले नाम दर्ता गराएका छन्। दुबईमा आगामी डिसेम्बर...
-
रोनाल्डोसम्मिलित अल नासरको लज्जास्पद हार
काठमाडौँ ।साउदी प्रो लिगमा पोर्चुगिज खेलाडी क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासरले लज्जास्पद हार बेहोरेको छ । गएराति किङ फाद इन्टरनेसनल स्टेडियम...
-
आर्मीलाई हराउँदै मधेशले गर्यो केपी ओली क्रिकेट कप उपाधि कब्जा
काठमाडौं । केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ ।शुक्रबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा विभागीय टोली...
-
क्रिकेट वर्ल्डकप लिग टूको पहिलो सिरिज नेपालले आयोजना गर्दै
काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूको पहिलो सिरिज नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ५...
-
यू-१९ एसिया कप : सहभागी हुने नेपाली टोलीको घोषणा
काठमाडौं । आसन्न एसीसी यू-१९ एसिया कपमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ...
-
कोशी प्रदेशलाई पराजित गर्दै आर्मी सेमिफाइनलमा
काठमाडौं । कोशी प्रदेशलाई ३९ रनले पराजित गर्र्दै त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ...