रुकुमपश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, २० जना घाइते
काठमाडौं । रुकुमपश्चिममा जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतीक बूढा छन् ।
बालकको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यानको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहारी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादीले जानकारी दिए । जीपमा सवार चालकसहित २० जना घाइते भएका छन् । जीप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो ।
उनका अनुसार अन्य पाँच जनाको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको नगर प्रमुख वादीले जानकारी दिए ।आज बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी–८ गैरीजिउलामा लु१ज २२९७ नम्बरको जीप दुर्घटनामा परेको थियो ।
घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । जीपमा क्षमताभन्दा बढी यात्रु रहेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले आँकलन गरेको छ।
यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
Comments
अरु समाचार
-
विराटनगरमा पत्रकार देवानमाथि आक्रमण गर्नेलाई कारबाही गर्न पत्रकार संगठनहरुको माग
विराटनगर । पत्रकार प्रेम देवानमाथि विराटनगरमा एक समूहले आक्रमण गरेको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिकामा बाहिर अज्ञात समूहले उनलाई...
-
एनसेल शेयर खरिदबिक्री प्रकरणः पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन
काठमाडौं । सरकारले एनसेलको शेयर खरिदबिक्री चलखेलबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक...
-
एमालेको “मध्यपहाडी सङ्कल्प यात्रा” आज पर्वतमा
काठमाडाैँ । नेकपा एमालेले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पर्वत पुग्दै भएको छ । बिहान बागलुङको गलकोटबाट सुरु...
-
उपरथी अशोक सिग्देललाई रथीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडाैँ । मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाले रिक्त रथी पदमा उपरथी अशोकराज सिग्देलको बढुवा गर्ने निर्णय गरेको छ । बिहिवार बसेको...
-
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिकी विशेष सहायकबीच भेटवार्ता
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ । दक्षिण...
-
रोजगारीका लागि युरोप जानेको संख्या बढ्दो
काठमाडौँ । मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेखि नेपाली युवाको...
-
इंग्लिस प्रिमियर लिगः फुलहम, लिभरपुल, एस्टोन भिल्ला, बर्नमाउथ र म्यानचेस्टर युनाइटेड विजयी
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहम, लिभरपुल, एस्टोन भिल्ला, बर्नमाउथ र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । गएराति भएको...
-
आजको राशिफल: २०८० मंसिर २१ गते बिहीवार
मेषःआफन्त टाढिने हुँदा होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। अवसर आए पनि सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।...
-
एनसेल प्रकरणमा आजियटा र सुनिभेराविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता
काठमाडौं । एनसेलको लगानीकर्ता टेलिया सोनेराले नेपालबाट बाहिरिने क्रममा सरकारलाई पूँजीगत लाभकर तिर्न दिएको ५३ अर्ब २० करोड रुपैयाँ बाँडेर...