आजको राशिफल: २०८० मंसिर ६ गते बुधवार
मेष: आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। मध्याह्नपछि बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ। परिस्थितिजन्य समस्याले अलि दुस्ख पाइनेछ।
वृष :कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। कर्मयोगले आम्दानी समेत बढाउनेछ। दिउँसोदेखि विभिन्न स्रोतबाट रकम हातलागी हुनेछ। आँटले काम बन्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। व्यापार बढ्नेछ र अड्किएको रकम पनि उठ्नेछ।
मिथुन : चिताएको काम बिग्रनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यताले अलमल्याउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। मिहिनेतले कीर्तिमानी काम बन्नेछ। तर स्वयं पछि सर्दा आफ्ना कामबाट अरूले फाइदा उठाउनेछन्।
कर्कट : स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न केही बढी समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। पहिलेका चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउनेछ।
सिंह : सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्य खर्चिलो देखिए पनि सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। दिउँसोदेखि आफन्त टाढिनेछन्। सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।
कन्या :रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। दिउँसोदेखि बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ।
तुला: सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव समेत बढ्नेछ। दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ।
वृश्चिक: हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दुस्ख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्।
धनु: प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि साथीभाइसँग केही सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले समस्या पर्न सक्छ। शुभचिन्तकहरूको सहयोगले काम बन्नेछ।
मकर: परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन्। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। दिउँसोदेखि पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। समयमा सहयोगी नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ।
कुम्भ:इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। अपराह्नतिर आयस्रोत पनि सबल बन्ने देखिन्छ। सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ।
मीन : सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्राको सम्भावना देखिन्छ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...












