सूर्य नेपाल सबैभन्दा ठूलो करदाता, व्यक्तिगत तर्फ विजयकुमार शाह
काठमाडाै । आर्थिक वर्ष ०७८/७९ मा सबैभन्दा बढी कर तिर्नेमा संस्थातर्फ सूर्य नेपाल र व्यक्तितर्फ विजयकुमार शाह रहेका छन्।
सूर्य नेपाल यसअघि पनि ८ पटकसम्म सबैभन्दा बढी आन्तरिक राजस्व दाखिला गर्ने कम्पनीको सूचीमा अग्रणी स्थानमा रहँदै आएको थियो।
आन्तरिक राजस्व विभागले बिहीबार आयोजना गरेको कार्यक्रममा सूर्य नेपाल र शाहसँगै सबैभन्दा बढी कर तिर्ने विभिन्न क्षेत्रका १६ करदातालाई सम्मान गरिएको छ। विभागले २०६९ सालदेखि हरेक वर्ष विभिन्न क्षेत्रका ठूला करदातालाई सम्मान गर्दै आएको छ।
यसैगरी, सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी, निर्यात कारोबारमा डाबर नेपाल, विशेष उद्योगमा एशियन पेन्ट, कृषि एवं पशुपक्षीजन्य उद्योगमा ओसीबी फुड्स एन्ड फिड्स प्रालि, सहकारी तथा लघुवित्त कारोबार गर्ने संस्थामा छिमेकी लघुवित्त वित्तीय संस्था, बैंक तथा वित्तीय कारोबार गर्ने संस्थामा ग्लोबल आइएमइ बैंक, बिमा व्यवसायमा लाइफ इन्सोरेन्स कर्पोरेसन, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक कम्पनीमा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल रहेका छन्।
पर्यटन व्यवसायमा मनकामना दर्शन प्रालि, वस्तु व्यापारको कारोबारमा भाट भटेनी कम्पनी प्रालि, मध्यमस्तरीय करदातामा नेपाल स्टक एक्सचेन्ज बजार, ऊर्जामूलक उद्योगमा भोटेकोशी पावर कम्पनी र रेमिट्यान्स तथा मनि ट्रान्सफरहरूमा आईएमई रेमिट्यान्स कम्पनी रहेका विभागले जनाएको छ।
२०६७ साउनदेखि २०७९ असारसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर विवरण र सोबमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्नेमा सूर्य नेपाल प्रालि रहेको विभागको भनाइ छ।
अघिल्लो आवमा सबैभन्दा बढी कर तिर्ने १० जना कर्मचारीलाई पनि विभागले सम्मान गरेको छ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












